Skip to content

एकादेशको एउटा गाँउमा, कोहि बस्थे अरे।
दु:ख सुख चलाई जोहि,पोहि बस्थे अरे।

बर्खा लाग्दा झुपडिले, झरि नथामे झैँ;
परेलीलाई रुझाएर, रोई बस्थे अरे।

छानो फेर्न बिदेशेका, छोरा छन् भन्दै;
बाटोहेर्दै फूलको थुँगा, छोई बस्थे अरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *