Skip to content

यो देश दुख्दा


यो देश दुख्दा नेपाली छाती दुखेको राम्रो हो
सगरमाथा हिमाल तराई पहाड हाम्रो हो

ज्यानको बाजी राखेर लड्ने नेपाली सेना यो
लाग्दछ माया हे दाजुभाइ नेपाली माटाको
थाप्नु न‌ै परे छातीमा गोली थाप्नलाई तयार छौँ
आगो र पानी भीर र पाखा नभन्ने सिपाही हौँ
खरको छानो माना र पाथी प्रकृति हाम्रो हो
सगरमाथा हिमाल तराई पहाड हाम्रो हो

पुर्खाको गाथा वीरको कथा भुल्दैनौ कहिल्यै
विपत्ति जस्तै आइ परे नि झुक्दैनौ कहिल्यै
देशको लागि यो ज्यान बलि खुसी भै दिनेछौं
कायर छैनौं मर्नु नै परे हाँसेर मर्ने छौँ
देशको रक्षा खुलेर गर्नु कर्तव्य हाम्रो हो
सगरमाथा हिमाल तराई पहाड हाम्रो हो

यो देश दुख्दा नेपाली छाती दुखेको राम्रो हो
सगरमाथा हिमाल तराई पहाड हाम्रो हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *