Skip to content

विडम्बनाकाे दस्ताबेज


याे कैँचीकाे ठेला
हातका अाैँलाहरूमा
बेलुन जस्तै फुलेकाे
वर्षाैँ भइसकेछ ।।

मेसिनको सियाेहरूमा खेल्दा खेल्दा
अाफ्नै कपाल फुलेको
निधार र पाेटिला गाला
चाउरिँदै गएकाे
हिमाल जस्ता सेता दाँत
गिजलाई रित्याउँदै झरेकाे
बर्साैँ भएछ समयकाे गतिसँगै
तैपनि घाेटिँदै छु
अाफैँलाई बिर्सिएर
अरूकाे खुसीको लागि ।।

भन्न सक्छाै
मानवता तिम्राे हृदयमा छ
वा मेराे हृदयमा
जवाफ तिमीले दिनु पर्नेछ ।।

तिमीलाई थाहा छ
म सुचिकार हुँ लुगा सिलाउछु
जन्मदाकाे तिम्राे नाङ्गाे तस्वीरलाई
दाैरा सुरुवाल र ढाका टाेपिले रंगाएर
सुन्दर अाकृति बनाउछु
मान्छेकाे रूपमा परिवर्तन गरिदिन्छु
तिमी अाफ्नाे लाजका तस्बिरहरू लुकाउन
मेराे सहारा माग्छाै
तिमी मेरै परिश्रममा सजिएका छाै
तैपनि म तिमीबाट
किन तिरस्कार भएकाे छु ।।

हातमा ठेला उठाई उठाई
घनले चुटेर
पसिनाले रङ्गाएर बनाएकाे त्रिशूल
तिमी देवतालाई चढाउ छाै
र भगवानसँग खुसी माग्छाै
म जान्न चाहन्छु
किन मठ मन्दिरमा
प्रवेश निषेध गरिन्छ ती कलाकारलाई ।।

विडम्बना या विवशता
सरकार ! यही कैँची हाे
याे राष्ट्रिय झण्डाकाे अाकार बनाउने
त्यतिबेला अाकाशबाट
टिपेर कलपनाकाे जून र घाम
टाँसिदएकाे छ याे मेसिनले
राताे कपडाकाे मैदानमा
पाेति दिएकाे छ कपडाकाे निलाे रङ्गले
सुहाउँदिलाे बनेकाे छ मेराे कलाले
सायद अाश्चर्य मान्दाे हाे संसार पनि
मेराे कला र याे देशकाे राष्ट्रिय झण्डा देखेर ।।

महाशय म त तिम्राे नजरमा
अमानव भएकाे छु
तैपनि त्यतिबेला
तिमीले देखेकाे हुनु हुनुपर्ने हाे
याे झण्डा बनाउँदा उठेको ठेला
र अँझ‌‌ै पनि देख्न सक्छाै
यी अाैँलाहरूकाे चक्र
सियाेले छिया छिया बनाएकाे
सायद
याे झण्डालाई नियालेर हेर्याै भने
देख्न सक्छौ मेराे पसिना
र रगतको टाटा
अब भन्नु हाेस्
महाेदय
म मान्छे हाे कि हाेइन ?
जवाफ दिनु पर्नेछ
माटाेलाई साक्षी राखेर
यदि मलाई मानिस साेच्दैनाै भने
जलाई दिनू
तिमीले लगाएकाे शिरकाे टाेपी
अनि नङ्ग्याई दिनु अाफैलाई
फर्की जानू ढुङ्गे युगमा
जबकि त्यतिबेला
तिमी मान्छे भएर बाँचेकाे
हेर्न सक्दैन याे देश ।।

तर याे सब गर्नु अघि
देखाउनु पर्नेछ तिमीले
तिम्राे र मेराे पसिनाकाे भिन्नता ।।
अनि कसरी भन्न सक्छौ
अाफैलाई ढाटेर
मेराे पसिनाकाे रङ्ग निलाे छ भनेर
कसरी प्रमाणित गर्न सक्छौ
मेराे राताे रगतलाई कालाे छ भनेर ।।
त्यसैले
सरकार म ऊ जस्तै मठ मन्दिरमा चल्ने
मानिस भएर बाँच्नु छ
के याे समाज मलाई स्वीकार्न तयार छ
हेर्नू छ म मर्नु अघि गाउँ समाज
र देश बदिलिएकाे ।।
****
विक्रम पवन
बेथान-४- रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *