गीत
——
याे देश दुख्दा नेपाली छाती दुखेको राम्राे हाे
सगरमाथा हिमाल तराई पहाड हाम्रो हाे
—
ज्यानको बाजी राखेर लड्ने नेपाली सेना याे
लाग्दछ माया हे दाजुभाइ नेपाली माटाको
थाप्नु नै परे छातीमा गाेली थाप्नलाई तयार छाैँ
अागाे र पानी भीर र पाखा नभन्ने सिपाही हाैँ
खरकाे छानाे माना र पाथी प्रकृति हाम्,माथा हिमाल तराई पहाड हाम्रो हाे
—-
पुर्खाकाे गाथा वीरको कथा भुल्दैनाै कहिल्यै
विपत्ति जस्तै अाइ परे नि झुक्दैनाै कहिल्यै
देशकाे लागि याे ज्यान बलि खुसी भै दिनेछौं
कायर छैनाैं मर्नु नै परे हाँसेर मर्ने छाैँ
देशकाे रक्षा खुलेर गर्नु कर्तब्य हाम्रो हाे
सगरमाथा हिमाल तराई पहाड हाम्रो हाे
—-
याे देश दुख्दा नेपाली छाती दुखेको राम्राे हाे
सगरमाथा हिमाल तराई पहाड हाम्रो हाे
****
