Skip to content

तुवाँलोले ढाकेको आकाश देखेर


तुवाँलोले ढाकेको आकाश देखेर
चर्को तर मधुरो प्रकाश देखेर

खुसी देख्दिनँ म यो प्रकृति
ओईलदै गएको गुराँस देखेर

नखा भन्दैन क्वै सुधार्न चाहेनन्
रक्सीले भरेको त्यो गिलास देखेर

औषधि गरेनन् झारफुक गरेनन्
कठै यो देशको पिनास देखेर

ताली बजाउछन् गाली बर्साउछन्
ओरालो लागेको विकास देखेर

*****

विक्रम पवन
बेथान -४- रामेछाप

२०७२/०६/०९ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *