तिमी हिँड्दा लाग्छ धर्ती नै सुन्दर
दिलमै बसेछौ तिमी दीप झैं बनेर ।
लेखेर के लेखूँ तारिफ गरूँ कसरी
राम्री मान्छे राम्रै हुन्छ तिमी सुन्दरी,
लजालु मुस्कान चन्द्रभन्दा सुन्दर
दिलमै बसेछौ तिमी दीप झैं बनेर ।
मनको बारीमा फूल फुल्न थाल्यो
गगनमा खेल्न थाले आश फुल्यो,
हँसिलो नजर तिम्रो अति सुन्दर
दिलमै बसेछौ तिमी दीप झैं बनेर ।
