Skip to content

त्यो भाग्यमा जे लेखेको छ


त्यो भाग्यमा जे लेखेको छ त्यही हुन्छ हुन्छ
देखेको पाइन्न र भेटिन्न हुने भएर छाड्छ

जिन्दगी ईश्वरको खेल दुखी बनी आँसु नझार
जीउनु नै वर्दान हो बाँच दु:ख चिन्ता भूलेर,
मन्दिरमा मान्छेका भीड तँछाडमछाड हुन्छ
देखेको पाइन्न र भेटिन्न हुने भएर छाड्छ

आफैभित्र खोज्दैन मान्छे मौन बसेको ईश्वर
छल कपट बेकार रिस गरेरै पाउने छैन ईश्वर,
मान्छेहरूका पाउ समाएमा धर्म त्यही हुन्छ
देखेको पाइन्न र भेटिन्न हुने भएर छाड्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *