सनचाहेरै छुटेपछि हृदयभित्र त्यो याद बस्ने रहेछ
माया टुटे नि झझल्को परेलीमा लुकि दिने रहेछ ।
माया यही हो कि क्या हो सम्झनामा छाँया तिम्रो
दोष दिन्न ईश्वरलाई मिलन नहुने रहेछ हाम्रो ।
छुटेर पनि हरपल सुख होस् तिम्रो मेरो चाहना
एक्लै बाचूँ तिम्रो सुख होस् यस्तै छ मेरो सपना ।
