सपनीमासम्म पनि तिमीलाई म भेट्ने छैन
हृदय तोडी रहर लुट्ने निर्दयी म त्यस्तो हैन ।
बगेको आँसु सुकेर जाओस् अब फेरि रुन्न
पीडा सहेर जीउँछु परेलीमा बस्नेलाई भूल्न,
छाँया मेरो आफ्नो तिमी मेरो आफ्नो हैन
हृदय तोडी रहर लुट्ने निर्दयी म त्यस्तो हैन ।
धुवाँ उडेर बादल बन्छ तिमी बादल नै बन
रूप फेर्ने तिमी छाल जस्तो तिमी उस्तै बन,
मन दुख्दा चोट नबुझ्ने भूई बिगार्ने बाढी बन
हृदय तोडी रहर लुट्ने निर्दयी म त्यस्तो हैन ।