Skip to content

हिँड्दा हिँड्दै कहाँ पुगें पुग्नु थियोे कता अल्झें कता
बिरानो गाउँ भेटें को मान्छे छु यता मन पुग्यो कता ।

आफ्नो भन्ने धेरै भेटें झुठो सपनाहरू बाँड्ने कति
यस्तै होला दुनियाँ आफ्नो बनी पुर्‍याउँछन क्षति ।

पुग्नुपर्ने थियोे टाढा अल्झें बीचमा यता न उता
हराउनु व्यर्थ कल्पनामा पीडा हुँदो रै” छ उता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *