आयुष बडाल

मेरो देश

मेरो देश
जहाँ,
नेताहरू `हामी यहाँ छौ´भनेर पलेटी कसेर घाम ताप्दैमा मस्त छन्,
सुरक्षाकर्मीहरू नेताहरूलाई सलाम ठोक्नमै व्यस्त छन्,
प्रधानमन्त्री कमेडी गर्दैमा मस्त छन्,
मन्त्रीहरू गुट र उपगुट को भेलामा गएर भाषण गर्दैमा व्यस्त छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिन्दगी

हिजो आज त जिन्दगीपनि भएको छ,
हिसाब नमिलेको बिजगणित जस्तो
नदिले छोडेको किनारा जस्तो
कतै सबैथोक भए जस्तो,
कतै केहिपनि नभए जस्तो।

जिन्दगी भएको छ,
भुकम्प पछिको भग्नावशेष जस्तो
पानी नपाएर छटपटाएको माछा जस्तो,
अथवा,
कयौ दिन खाना नपाएको मान्छेले भर्खर खाना खान पाएर खुसी भए जस्तो,
कतै सबैथोक भए जस्तो,
कतै केहिपनि नभए जस्तो।

सोच्दै गर्दा थाहापाए,
कसैको साथ बिना खास नहुने रैछ जिन्दगी,
सधै भरी एकै नास नहुने रैछ जिन्दगी।
कहिलेकाही त
जिन्दगीको खेलमा,
सपना पनि क्षणभरमै तुहिदो रैछन्,
काल संगै रहरहरु पनि टुट्दा रैछन्,
उमेर पाक्दै गर्दा आफन्त हरु पनि टाढिने रैछन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पढाइ

माघ मासमा बाबाले
स्वास्थानीको व्रत कथा पढेर सुनाए जसरी
गुरुले भेक्टर,इलेक्ट्रोसिटी र फोर्स पढाउँदै
६ महिनामा १२ वटा पुस्तक रटाउनु भयो ।

न्युटनको ल ले लिफ्ट चड्न सकिएको हो भन्ने कुरा सम्झाउँदै,
तापले वस्तुको लम्बाई बढ्छ भन्ने कुरा रटाउनु भयो ।
व्यापार व्यवसाय गर्दा नाफा घाटामा ख्याल दिनुपर्छ भन्दै हिसाब सिकाउनु भयो।

विद्वान् गुरुले हिसाब सिकाउँदै गर्दा,
मैले मेरो भगवानरूपी बाबाले
प्रदेशमा चर्को घाममा पोख्नुभएको
पसिनाको मूल्य निकाल्न खोज्दै गर्दा,
मूल्य निक्लिएन ।

अनि दिनरात ज्वालामुखीझैँ बल्ने
चुलोको तापमा उभिएर
किचेनमा काम गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो बाबा

मेरो बाबा,
जो बिहान सबेरैदेखि
बेलुका अबेरसम्म
सञ्चो बिसञ्चो केही नभनीकन,
परिवारको इच्छा र आकांक्षा पूरा गर्न
अहोरात्र सघंर्ष गर्नुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो देश रोइरहेको छ

मेरो देश भुषको आगो झैं सल्किरहेको छ,
जनता भुषको आगोमा झलिरहेका छन्।
नेताहरु झै झगडामा रमाइरहेका छन्,
जनताहरु गाँस,बास र कपासको अभावमा पिल्सिरहेका छन्।

मेरो देशको हालत विग्रिरहेको छ,
शक्तीको मोहले यो देश डुबिरहेको छ,
मान्य व्यक्तित्वहरु खोक्रा राष्ट्रवादको भासण गरिरहेका छन्,
काम भन्दा गफ धेरै गरिरहेका छन्,
दुईतिहाई बहुमतको दुरुपयोग गरिरहेका छन्,
कुकुरलाई घ्यु पच्दैन भन्ने उखानलाई सार्थकता दिइरहेका छन्,
देशलाई अराजकता तर्फ डकालीरहेका छन्
अनि मेरो देश रोइरहेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्षा

तिमी आउने आशामा
म प्रतीक्षा गरिरहे,
तर आज,महिनौं बित्यो
तिमी आएनौ।
म अझै प्रतिक्षारत नै छु,
मलाइ त लाग्छ यहि नै प्रेम हो।
अब त लाग्न थालिसक्यो,
छुट्टिनु नै जोडिनु हो
अनि टाढिनु नै नजिकिनु हो।
मैले तिमिलाइ प्रतीक्षा गरे अनि तिमी आएनौ,
यो बिचको पीडा आज चिनीसरि स्वादिलो लाग्न थाल्यो,
लाग्छ,त्यही नै मेरो जीवन जिउने आधार हो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भ्रष्टाचार

भ्रष्टाचार बढिरहेको छ,
कहिले ७० करोडको अडियो त,
त कहिले ८० करोडको अडियो बाहिरीरहेको छ।
अनि प्रधानमन्त्री ज्यू, तपाईं भने शानका साथ भाषण दिईरहनुभएको छ,
“म पनि भ्रष्टाचार गर्दिनँ अरूलाइ पनि गर्न दिन्न” भनेर
अनि अडियो काण्ड सुनेर पनि चुपचाप बसिरहनु भएको छ।

तपाइँको गफ त सगरमाथाको चुचुरो जत्रो हुन्छ,
अनि काम मुसाको छाउरा जत्रो
किन प्रधानमन्त्री ज्यू किन?
बताइदिनुस् आज जनता जान्न चाहन्छन्!
तपाईं किन स्वीकार गर्नुहुन्न? अनि भ्रष्ट को मात्रै संरक्षण गर्नु हुन्छ,
बताइदिनुस् प्रधानमन्त्री ज्यू आज जनता चाहन्छन्।

भयो बन्द गर्नुस् तपाइँको राष्ट्रियताको देखावटी चटक,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चिसो बिहानी

चिसो बिहानीमा ओछ्यानमै तातो चियाको आश,
सिरकको न्यानो अङ्गालोमा बसिरहन पाए झन् कति खास ।
हिटरको तातोले सेकाएर हात,
चिसिएको गालामा सेक्न पाउँदा हुन्थ्यो क्या आनन्द बात ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकार, कुर्सी र राष्ट्रियता (गाइजात्रे प्रहार)

विकास गर्छुभन्दा भन्दै दशौ दशक बितायौ,
सबै नेपाली जनतालाई त थाग्नामै सुतायौ।
कति सहनु हामी,
सराकारी कर्मचारी को दुख दिने नीति,
अनि मन्त्रीको भ्रष्टाचार गर्ने राजनीति।
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोबिड-१९ अनि मेरो लकडाउन

कोरोना भाइरस वा कोबिड-१९ नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन,तर हालसालै यो भाइरसले बिश्वमा महामारीको रुप लिइसकेको छ ।सन् २०१९ को डिसेम्बरमा यो भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ।यस भाइरसले मुख्य:त मानिसमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास सम्म गराउन सक्दछ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

हाम्रो पीडा,अरुको रमिता

हामी तल्लो जाती भएकै कारण,माथिल्लो जाती बनाउदाहरुले हाम्रा थुप्रै दाजु भाइलाई मारे,
दिदिबहिनी र चेलीको अस्मिता लुटे,
अनि सपरिवारलाई अपमान र अपहेलना मात्र गरे,
तर मेरो सरकारले अपराधी देखेर पनि हेरि मात्र रह्यो।

हाम्रो हिड्ने बाटो छेकियो,
हाम्रो खाने पानी रोकियो,
हाम्रो खाने रोटि खोसियो,
हाम्रो बस्ने बाँस खोसियो,
तर मेरो सरकार अपराधि देखेर पनि हेरि मात्र रह्यो।।

हाम्रो अधिकार हनन भयो
न त मैले माया गर्न पाए
न त मैले बिबाह नै गर्न पाए।
न त मैले बोल्न नै पाए,
न त हामी कसैलाइ आवज उठाउन नै दिइयो
तर मेरो सरकार अपराधि देखेर पनि हेरि मात्र रह्यो।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छिमेकी

नेताहरुमा हुनुपर्छ देश जोगाउने मिसन,
सबै नेपालीमा हुनुपर्छ,देश जोगाउने भिजन।

हिजो मेरो दुई हात जग्गा मिचिडा,म चुप रहे
चित्त बुझाएर कि,मर्दा पर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी त पर्यो।

अनि फेरि मेरो चार हात जग्गा मिचिडा नि ,म चुप नै रहे,
चित्त बुझाएर कि,ऐचो पैचो गर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी न पर्यो।

तर आज मेरो जन्मभूमिको जमिन मिचिडा नि ,म चुप नै रहे,
मेरो आवाज कसैले नसुन्ने मनासायले,
तर अब त अत्ति भयो,मेरो सहनसिलताले सिमा नाग्यो, अब म चुप लाग्ने वाला छैन,
कदापी चुप लाग्ने वाला छैन।

मेरो सुन्दररुपि जन्मभुमिलाई हड्पने ती दुष्ट छिमेकीलाई म छोड्दिन,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देश बिकासमा विद्यार्थीको भूमिका

देश बिकासमा विद्यार्थीको भुमिका भन्ने शिर्षकमा चर्चा गर्नु भन्दा पहिला,हामिले बुझ्नु पर्छ कि देश र विद्यार्थी भनेका के हुन्?यिनिहरु बिच कस्तो सम्बन्ध छ?देश(राष्ट्र वा मुलुक) भनेको राजनितिक भुगोल अथवा अन्तरास्ट्रिय राजनिती अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भुभाग हो। देशलाई कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता पाएको जमिन पनि भनिन्छ।त्यस्तै विद्यार्थी (शिष्य) भनेको ज्ञान आर्जन गर्ने ब्यक्ति हुन्।यिनिहरु मा स्कुले बालक देखि कलेजमा पढ्ने युवा सबै समेटिन्छन् र घरमै स्व अध्यन गर्ने ब्यक्तीलाई नि विद्यार्थी भन्न सकिन्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेता बन्न चाहन्छु

म एउटा साधारण नेपाली,जो नेता बन्न चाहन्छु,
अनि देशको सेवा गर्न चाहन्छु!
देशका निमुखा र गरिबलाइ गाँस,बाँस,र कपासको ब्यवस्था गर्न चाहन्छु,
र भ्रष्टाचारिलाई फाँसी दिन चाहन्छु।

तर म त परे पढेलेखेको मान्छे,
नैतिकता र राष्ट्रियता भएको मान्छे,
अनि देशको लागि लड्ने वीर पुर्खाको रगत भएको मान्छे,
अनि जननी र जन्मभुमिको सम्मान गर्ने मान्छे।

मलाइ त यो देशले नेता बन्न दिदैन रे,
बुबा त भन्नू हुन्छ नेता बन्न ,Comedy champion हुनु पर्छ अरे।
अनि आमा भन्नुहुन्छ, हावा गफ नगरे त नेता नै भइदैन अरे,
फेरि दिदी भन्छिन्,बलत्कारिलाइ आश्रय पनि दिनुपर्छ रे!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
AyushBadal

मेरी आमा

जिन्दगीमा धेरै दुख र कष्ट सहेर मलाई
यो धर्तीमा पाइला टेकाउने
भगवान हुन् मेरी आमा,
हो, आफू भोकै बसेर मलाई पेटभरि
मिठा मिठा अन्न खुवाई पेट भराउने
अन्नदाता हुन् मेरी आमा ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share