Skip to content

तिमी आउने आशामा
म प्रतीक्षा गरिरहे,
तर आज,महिनौं बित्यो
तिमी आएनौ।
म अझै प्रतिक्षारत नै छु,
मलाइ त लाग्छ यहि नै प्रेम हो।
अब त लाग्न थालिसक्यो,
छुट्टिनु नै जोडिनु हो
अनि टाढिनु नै नजिकिनु हो।
मैले तिमिलाइ प्रतीक्षा गरे अनि तिमी आएनौ,
यो बिचको पीडा आज चिनीसरि स्वादिलो लाग्न थाल्यो,
लाग्छ,त्यही नै मेरो जीवन जिउने आधार हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *