म एउटा साधारण नेपाली,जो नेता बन्न चाहन्छु,
अनि देशको सेवा गर्न चाहन्छु!
देशका निमुखा र गरिबलाइ गाँस,बाँस,र कपासको ब्यवस्था गर्न चाहन्छु,
र भ्रष्टाचारिलाई फाँसी दिन चाहन्छु।
तर म त परे पढेलेखेको मान्छे,
नैतिकता र राष्ट्रियता भएको मान्छे,
अनि देशको लागि लड्ने वीर पुर्खाको रगत भएको मान्छे,
अनि जननी र जन्मभुमिको सम्मान गर्ने मान्छे।
मलाइ त यो देशले नेता बन्न दिदैन रे,
बुबा त भन्नू हुन्छ नेता बन्न ,Comedy champion हुनु पर्छ अरे।
अनि आमा भन्नुहुन्छ, हावा गफ नगरे त नेता नै भइदैन अरे,
फेरि दिदी भन्छिन्,बलत्कारिलाइ आश्रय पनि दिनुपर्छ रे!!
हो मलाइ माननीय ओलि ज्युको जस्तो हावा गफ गर्न आउदैन,
तर निडरताको साथ सत्य कुरा गर्न अवस्य आउछ।
हो सरकारी बजेट बाट सत्तरी करोड खाएर मोटाउन आउदैन मलाइ,
तर गरीब लाई दुई छाक खुवाउन आउँछ मलाइ।।
खै म जस्ता लाई त ठाउँनै दिदैनन् रे यहाँ,
अब म होइन हामी युवा जाग्नै पर्छ
बुढापाकालाइ साइड लाउनै पर्छ
अनि युवालाइ नेता बनाउनै पर्छ।।
मेरो नेता बन्ने चाहनाको लागि म सधै लडिरहने छु,
सफलता मिलेपछी देश र जनताको सेवा गरिरहने छु।
मेरो र हाम्रो भन्दै बुढी र बुहारीलाई भोट हाल्न छोडौ,
म जस्ता हजारौ इच्छा भएका युवालाइ भोट हालौ।
अन्त्यमा,हो म सत्ता समालेरै छाड्छु,
७० करोड घुसियालाइ कोसिमा खसालेरै छाड्छु।
हो म नेता बनेरै छाड्छु,
बहिनी निर्मलाको बलत्कारिलाइ गोलिले पड्काएरै छाड्छु!!
[सुखी नेपाली,समृद्ध नेपाल लाई सार्थकता दिन अब युवाले नेता बन्ने चाहना राख्नुपर्छ,धन्यवाद!!जय देश!!]
