हिजो आज त जिन्दगीपनि भएको छ,
हिसाब नमिलेको बिजगणित जस्तो
नदिले छोडेको किनारा जस्तो
कतै सबैथोक भए जस्तो,
कतै केहिपनि नभए जस्तो।
जिन्दगी भएको छ,
भुकम्प पछिको भग्नावशेष जस्तो
पानी नपाएर छटपटाएको माछा जस्तो,
अथवा,
कयौ दिन खाना नपाएको मान्छेले भर्खर खाना खान पाएर खुसी भए जस्तो,
कतै सबैथोक भए जस्तो,
कतै केहिपनि नभए जस्तो।
सोच्दै गर्दा थाहापाए,
कसैको साथ बिना खास नहुने रैछ जिन्दगी,
सधै भरी एकै नास नहुने रैछ जिन्दगी।
कहिलेकाही त
जिन्दगीको खेलमा,
सपना पनि क्षणभरमै तुहिदो रैछन्,
काल संगै रहरहरु पनि टुट्दा रैछन्,
उमेर पाक्दै गर्दा आफन्त हरु पनि टाढिने रैछन्।
कहिले साह्रै दुख त कहिले साह्रै सुख
अचम्मै रहेछ यो जिन्दगी,
जिन्दगीको खेलमा उतिर्ण हुन गाह्रो पर्ने रैछ,
प्रेम,माया र साथ र संघर्ष बिना जिन्दगी सफल नहुने रैछ।