नेताहरुमा हुनुपर्छ देश जोगाउने मिसन,
सबै नेपालीमा हुनुपर्छ,देश जोगाउने भिजन।

हिजो मेरो दुई हात जग्गा मिचिडा,म चुप रहे
चित्त बुझाएर कि,मर्दा पर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी त पर्यो।

अनि फेरि मेरो चार हात जग्गा मिचिडा नि ,म चुप नै रहे,
चित्त बुझाएर कि,ऐचो पैचो गर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी न पर्यो।

तर आज मेरो जन्मभूमिको जमिन मिचिडा नि ,म चुप नै रहे,
मेरो आवाज कसैले नसुन्ने मनासायले,
तर अब त अत्ति भयो,मेरो सहनसिलताले सिमा नाग्यो, अब म चुप लाग्ने वाला छैन,
कदापी चुप लाग्ने वाला छैन।

मेरो सुन्दररुपि जन्मभुमिलाई हड्पने ती दुष्ट छिमेकीलाई म छोड्दिन,
हो म अब चुप लागेर बस्दिन।
म अब हाम्रो पुर्खाको रातो रगत र परिश्रमको पसिनाले अर्जेको हाम्रो भुमी बचाएरै छाड्छु,
परिआए ज्यानको बाजि नै पनि लगाएरै छाड्छु,
हो लगाएरै छाड्छु।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *