Skip to content

मेरो देश रोइरहेको छ

मेरो देश भुषको आगो झैं सल्किरहेको छ,
जनता भुषको आगोमा झलिरहेका छन्।
नेताहरु झै झगडामा रमाइरहेका छन्,
जनताहरु गाँस,बास र कपासको अभावमा पिल्सिरहेका छन्।

मेरो देशको हालत विग्रिरहेको छ,
शक्तीको मोहले यो देश डुबिरहेको छ,
मान्य व्यक्तित्वहरु खोक्रा राष्ट्रवादको भासण गरिरहेका छन्,
काम भन्दा गफ धेरै गरिरहेका छन्,
दुईतिहाई बहुमतको दुरुपयोग गरिरहेका छन्,
कुकुरलाई घ्यु पच्दैन भन्ने उखानलाई सार्थकता दिइरहेका छन्,
देशलाई अराजकता तर्फ डकालीरहेका छन्
अनि मेरो देश रोइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *