Skip to content

कोबिड-१९ अनि मेरो लकडाउन

कोरोना भाइरस वा कोबिड-१९ नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन,तर हालसालै यो भाइरसले बिश्वमा महामारीको रुप लिइसकेको छ ।सन् २०१९ को डिसेम्बरमा यो भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ।यस भाइरसले मुख्य:त मानिसमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास सम्म गराउन सक्दछ।
कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको नजिकमा आउने अरू मानिसलाई पनि उक्त भाइरस सर्न सक्छ।सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।
ज्वरो आउनु ,सुक्खा खोकी लाग्नु ,घाँटी दुख्नु, टाउको दुख्नु जस्ता लक्षण कोरोना भारस संक्रमण भएपछी देखिन्छ र कसैलाइ पखला पनि लाग्न सक्ने र कसैलाइ लक्षण नै नदेखिने पनि हुन सक्छ।
कोरोना भाइरसबाट बच्न नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ वा गुणस्तरीय स्यानिटाईजरको प्रयोग गर्नुपर्छ। यसो गर्दा हातमा भएका भाइरसहरू मर्छन्।अनावश्यक रुपमा नाक, मुख र आँखा छुनुहुदैन। किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ।खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिशूले नाक र मुख छोप्नुपर्छ। अथवा हात उचालेर कुहिनोले ढाक्नुपर्छ। त्यसो गर्दा भाइरस फैलिन पाउँदैन।एकअर्काबाट दुई मिटरको दूरीमा बस्दा र भिडभाडमा नजानाले यो भारसबाट बच्न सकिन्छ।
हाल सम्म विश्व स्वास्थ्य संगठन(WHO)को अनुसार यो रोगले ६,०५८,९२२ जना लाई संक्रमित गरेको थियो भने ३६७,४०२ जना को दुखद निधन भएको छ।त्यस्तै २,६८२,७७७ जना यो भारस बाट मुक्त भएर निको भएका छन्।अमेरिका,ब्राजिल,रसिया जस्ता धेरै मुलुक यो भारसबाट पिडित भएका छन् । नेपाल पनि यो भाइरसबाट टाढा भने पक्कै छैन।नेपालमा हाल सम्म १४०१ जना यो भारसबाट संक्रमित भएका छन्।त्यस्तै २१९ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ६ जनाले ज्यान गुमाइसकेका छन्।
हामीहरु अहिले विशेष परिस्थितिबाट गुज्रिरहेका छौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । हामी अहिले यो परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको विशेष किसिमको निषेधित अवस्था ‘लकडाउन’मा छौं ।यो महामारी विरुद्ध लड्न नेपालमा चैत ११ गते देखि लकडाउन गरिरहेको छ र प्राय अरु मुलुक पनि बन्दाबन्दी अर्थात लकडाउन को अवस्थामा मै छ।लकडाउनले मानिसहरू घरभित्रै बस्न बाध्य छन् र यो बाध्यात्मक अवस्था हामी नेपाली मा नि छ र म स्वयम मा नि छ।लकडाउन मा मैले विभिन्न मानसिक पीडा भोगेको छु,जस्तै:बढ्दो तनाव र चिन्ता,अल्छिपना र कुनै कामगर्ने सोख नहुनु,उदास मनस्थिति र वितृष्णा, दिउँसो सुत्नु वा अनियमित सुत्ने शैली आदि । यी सबैले मलाइ शारीरिक र मानसिक रुपमा पिल्साइरहेको छ।यो मानसिक पिडालाइ केही मात्रामा भए पनि कम गर्न मैले विभिन्न कार्य गरिरहेको छु । जस्तै:धेरै पानी पिउने र पानीमा ताजा फलफूलको स्वाद मिसाउने,दिमागी खेलहरू खेल्ने वा गतिविधि गर्ने, साथीलाई फोन गर्ने,डोरी खेल्ने,शारिरिक अभ्यास हुने काम गर्ने,खानाको समय हतार नगरी स्वाद लिएर खाने,आदि।म विद्यार्थी हु । त्यसैले यो लकडाउन को अवस्थामा मैले प्रविधीको प्रयोग गरेर अध्ययन गरिरहेको छु। बिज्ञानको विद्यार्थी भएकै कारण युट्युबमा विभिन्न बैज्ञानिक भिडियो हरु पनि हेर्ने गरेको छु।साहित्यिक रुचि पनि भएकै कारण कविता,निबन्ध हरु पनि लेख्छु।यो समयमा म परिवारसँग बसेर दुःख–सुखका कुरा आदान–प्रदान गर्दै राम्रो समय बिताउदै छु।अनि सामाजिक संजाल चलाएर हाल को अवस्थामा के भइरहेको छ भनेर नि बुझिरहेको छु।
अन्त्यमा, सरकारले हाम्रो स्वास्थ्य रक्षाका लागि लागू गरेको लकडाउनलाई सबैले जिम्मेवार नागरिकका रुपमा कडाईका साथ पालन गरेर कोरोना भाइरस संक्रमणको महामारी सामना गर्न सहयोग गरौं।सामाजिक सञ्जालमा जथाभावी ढंगबाट सूचनाहरु प्रकासित नगरौ। समाजमा भ्रम पैदा गर्नुकासाथै अनावश्यक चिन्ता बढाउने काम नगरौं।संकटको यो बेला सकारात्मक सोचमार्फत् मनोस्वास्थ्यलाई सुदृढ राख्नु नै राम्रो हुन्छ। सबैलाइ खुसी रहनुस्,निरोगी रहनुस्,र कोरोना महामारीबाट बच्नुस् भन्न चाहन्छु।
धन्यवाद!!!
(यहाँ लेखिएको तथ्यांक यो लेख लेख्दा खेरीको समय को तथ्यांक हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *