Skip to content


मेरो देश
जहाँ,
नेताहरू `हामी यहाँ छौ´भनेर पलेटी कसेर घाम ताप्दैमा मस्त छन्,
सुरक्षाकर्मीहरू नेताहरूलाई सलाम ठोक्नमै व्यस्त छन्,
प्रधानमन्त्री कमेडी गर्दैमा मस्त छन्,
मन्त्रीहरू गुट र उपगुट को भेलामा गएर भाषण गर्दैमा व्यस्त छन्।

मेरो देश
जहाँ,
चोली च्याटेर चेलीको लास अन्न फल्ने बारीमा फालिन्छ,
अदालतबाट स-सम्मान अपराधीको पक्षमा निर्णय सुनाइन्छ,
दिनदिनै किल्ला किल्लामा सिमाना सारिन्छ,
अनि छिमेकीले गोली हानेर हाम्रो दाजुभाइको ज्यान लिइन्छ।

तर पनि मान्यज्युहरुले केही देख्नु हुन्न,
पीडितको आवाज थोपो पनि सुन्नु हुन्न।

यस्तै छ मेरो देश
जहाँ मान्छेहरू
सत्ताको लागि लड्छ्न्
पदको लागि जनता मार्छन्,
धुर्मुस सुन्तलीलाई देश बनाउन लाउछन्
अनि आफू चाहिँ कमेडी गरेर बस्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *