Skip to content

हाम्रो पीडा,अरुको रमिता

हामी तल्लो जाती भएकै कारण,माथिल्लो जाती बनाउदाहरुले हाम्रा थुप्रै दाजु भाइलाई मारे,
दिदिबहिनी र चेलीको अस्मिता लुटे,
अनि सपरिवारलाई अपमान र अपहेलना मात्र गरे,
तर मेरो सरकारले अपराधी देखेर पनि हेरि मात्र रह्यो।

हाम्रो हिड्ने बाटो छेकियो,
हाम्रो खाने पानी रोकियो,
हाम्रो खाने रोटि खोसियो,
हाम्रो बस्ने बाँस खोसियो,
तर मेरो सरकार अपराधि देखेर पनि हेरि मात्र रह्यो।।

हाम्रो अधिकार हनन भयो
न त मैले माया गर्न पाए
न त मैले बिबाह नै गर्न पाए।
न त मैले बोल्न नै पाए,
न त हामी कसैलाइ आवज उठाउन नै दिइयो
तर मेरो सरकार अपराधि देखेर पनि हेरि मात्र रह्यो।।

समानता के हाे भनेर सोध्न खोजे मैले,
माया प्रेम के हाे भनेर सोध्न खोजे मैले,
अधिकार के हो भनेर सोध्न खोजे मैले,
यी प्रश्नका उत्तर खाेज्दा आज मेरा मान्छे मारिए
मेरो सरकार अपराधी देखेर पनि हेरि मात्र रह्यो।

आज म र मेरा दाजुहरु को दाहसंस्कार गरिरहदा
तमसा हर्ने धेरै देखिए,
हार्दिक श्रद्धाञ्जली भन्ने थुप्रै देखिए,
आँसु झार्ने नि थुप्रै देखिए
तर मेरो अपराधी छाती फुलाएर हिडिरहेको छ,
अनि सरकार अपराधी देखेर पनि हेरि मात्र रह्यो।

आज हामी जन्मिएको कुनै अस्तित्तव भएन,
यति भन्छु सरकार सक्छौ भने हामिलाइ न्याय देउ,
सक्दैनौ भने हाम्रो ज्यानको रक्षा गर्देउ ,
यति नि सक्दैनौ भने हाम्रो नागरिकता रद्द गर्देउ
अनि नागरिक हैन भन,हामी आफुले सकेको आफै गर्छौ
मर्ने हो कि मार्ने हो त्यसको निर्णय हामी आफै गर्छौ,
हो हामी आफै गर्छौ ।
धन्यवाद!!!!

2 thoughts on “हाम्रो पीडा,अरुको रमिता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *