Skip to content

रमण घिमिरे

अलबिदा कृष्णचन्द्र !

  • by

१५ दिनअघिको कुरा हो । उनको गेट खुलै थियो । तर पनि मूलगेटको घन्टीको स्विच थिचेँ । मलाई भित्र पस्न गाह्रो लाग्यो । किनभने, घरको मूलढोकामा एउटा ठूलो कुकुर मैतिर लक्षित टाउको ठड्याएर ढल्केको थियो । अर्कोपटक घन्टीको स्विच थिचेँ । यसपालि चाहिँ मूलगेट खोल्न उनी आफैँ आए । ढाड अलि कुप्रो पारेर झन्डै ४५ डिग्रीको कोणमा ढल्केर उनी हिँड्दै आए र ढोका खोले ।

जीवन बन्न नसकेको ‘नाटक’

  • by

सेक्सपियरले भनेका छन्, “जिन्दगी एउटा नाटक हो ।” झन्डै सेक्सपियर शैलीकै नाटकबाट रंगमञ्चमा पाइला हालेका कलाकारहरूले साँचो अर्थमा नाटकलाई जिन्दगी बनाउन सके त ? हरपि्रसाद रमिाल लामो समयदेखि रोगले थलिएका छन् । श्यामदास वैष्णवले पनि रंगमञ्चमा नटेकेको दुई दशक नाघ्यो । मदनदास श्रेष्ठ भन्छन्, “१६ वर्षयता म मञ्चमा ओर्लिएको छैन ।”

बर्खेच्याउको नियति ?

  • by

“नारायणगोपाल हुने रहर त सबैले पाले तर नारायणगोपालले हासिल गरेको तालिम र कठोर अभ्यासतिर कसैले ध्यान दिएनन्,” संगीतकार दीपक जंगमका यी शब्दहरूभित्र लुकेको छ, आजको पुस्ताको गायकीको यथार्थ । यसभन्दा ठ

प्रतीक्षा अर्को युगको !

  • by

०३६ को कालखण्डपछि ‘६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रिमालको ‘एक जुगमा…’ र ०३६ सालको हरभिक्तको ‘बन्धन र बाध्यता’पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको ‘बिसे नगर्ची…’ ।

गोपाल हुँदा हुन् त !

  • by

गोपाल योञ्जन बितेको १३ वर्ष लागेछ । आजीवन नेपाली संगीतका नयाँनयाँ मोड र घुम्तीहरूको चिन्तनमा उनले सिर्जना गरेका आधुनिक संगीत र राष्ट्रिय गीतले उनलाई आज पनि सम्झाइरहन्छ ।
उनका सदाबहार संगीत सुनेर सम्मोहित नहुने पुस्ता छैन । आजको पुस्ता पनि उनको सिर्जनासँग पराजित छ । तर, गोपाल योञ्जन भन्ने व्यक्तिलाई चाहिँ आजको व्यस्तताले भुल्दैछ कि भन्ने अनुभव हुन थालेको छ ।

गीतका आकाश

  • by

“केहुनुपर्ने मान्छे, के भएँ ?” उनी कस्थहिलेकाहीँ यो ७४ वर्षे उमेरको शिखरमा उभिएर आफ्नो जीवनको समीक्षा गर्छन् । अनि, आश्चर्य लाग्छ आफैँलाई । तर, नियतिको निर्णयका अघि मान्छे जाबोको इच्छाले मात्र कहाँ हुँदोरहेछ र ?
गीतकार, गायक, संगीतकार भीम विराग आफ्नो अतीतको लामो यात्रालाई बराबर फर्केर स्मरण गर्छन् । त्यस दिन, त्यो घटना नभएको भए सायद उनी राष्ट्रकै चर्चित खेलाडी हुनेथिए ।

अब रोयल्टी संकलन युद्धस्तरमा

  • by

“धेरै माया दिँदा रै’छन् …।” ललिता कुँवरको गीत र अर्जुन नेपालीको संगीतमा स्वरूपराज आचार्यले गाएको यो एउटै गीत ८० हजारभन्दा माथिल्लो संख्यामा ‘डाउनलोड’ भइरहेछ । आनन्द अधिकारीका बास्ना एल्बमका सबै गीतहरू गन्ती गर्ने हो भने एक लाख नाघ्ने उनले हिसाब निकालेका छन् । ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ अञ्जु पन्तले गाएको यस गीतलाई पनि ५० हजारभन्दा बढी नै ग्राहकले आफ्नो मोबाइलमा भरे ।

तीतो सत्य

  • by

जीवनका लामा बाटाहरूमा यात्रा गर्दा जिम्मेवारी र कर्तव्यपूर्ण मोडमा कतिले खुट्टा कमाएर बाटो बिराए, कतिले बाटो हिँड् नेहरूलाई झुक्याएर छिर्के हाने र कतिले यस्ता विषम-यात्रालाई निर्भयपूर्वक गन्तव्यको किनारसम्म टेकाउन सक्षम भए ? पुरानो कालखण्ड हुँदै झन्डै एक दशकअघिसम्मको नेपाली साहित्य, कला र राजनीतिक फाँटको वृत्तान्त वर्णन गरेका छन्, इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक अतीतका स्मृति र अनुभूति -विश्वेश्वरदेखि वीरेन्द्रसम्म मा ।

अवरुद्ध आशाबारीको धुन

  • by

उनी विसं २००६ मै साहित्यमा होमिएका हुन् । तर, ००९ सालमा रेडियो नेपालले स्वर-परीक्षामा उत्तीर्ण गरिदिएको भए सायद उनी गायक पो हुन्थे कि – ००५ सालको आरम्भतिर उनी राजनीतिमा लागे । यसको कारण श्यामप्रसाद शर्मा थिए । श्यामप्रसाद वीरगन्जबाट भर्खर काठमाडौं पसेका थिए । उनी साहित्यमार्फ राजनीति र चेतनाको बीउ र्छर्दै हिंडेका थिए । श्यामप्रसादकै हुटहुटीमा उनी र समविचारका केही मित्रहरू मिलेर एउटा हस्तलिखित साहित्यिक पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो, सन्देश । त्यसैमा उनको पहिलो कविता छापियो ।

एउटै बाटो सधैं

  • by

एउटै बाटो सधैं भेटघाट भइरहँदा
मुस्कानहरु साटिएछन् देखिरहँदा
कुन बिन्दुमा मन भूले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन