अलबिदा कृष्णचन्द्र !
१५ दिनअघिको कुरा हो । उनको गेट खुलै थियो । तर पनि मूलगेटको घन्टीको स्विच थिचेँ । मलाई भित्र पस्न गाह्रो लाग्यो । किनभने, घरको मूलढोकामा एउटा ठूलो कुकुर मैतिर लक्षित टाउको ठड्याएर ढल्केको थियो । अर्कोपटक घन्टीको स्विच थिचेँ । यसपालि चाहिँ मूलगेट खोल्न उनी आफैँ आए । ढाड अलि कुप्रो पारेर झन्डै ४५ डिग्रीको कोणमा ढल्केर उनी हिँड्दै आए र ढोका खोले ।
