उनी विसं २००६ मै साहित्यमा होमिएका हुन् । तर, ००९ सालमा रेडियो नेपालले स्वर-परीक्षामा उत्तीर्ण गरिदिएको भए सायद उनी गायक पो हुन्थे कि – ००५ सालको आरम्भतिर उनी राजनीतिमा लागे । यसको कारण श्यामप्रसाद शर्मा थिए । श्यामप्रसाद वीरगन्जबाट भर्खर काठमाडौं पसेका थिए । उनी साहित्यमार्फ राजनीति र चेतनाको बीउ र्छर्दै हिंडेका थिए । श्यामप्रसादकै हुटहुटीमा उनी र समविचारका केही मित्रहरू मिलेर एउटा हस्तलिखित साहित्यिक पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो, सन्देश । त्यसैमा उनको पहिलो कविता छापियो । यसको आवरण चित्र पनि उनैले कोरेका थिए । यदि साहित्यमा असफल भएका भए सायद उनी स्थापित चित्रकार पो हुन्थे कि!
विसं ०६४ जेठ १६ गते रमेश विकल र नेपालबीच लामो संवाद भएको थियो, उनकै घर आरुबारीमा । त्यस दिन राजनीतिको प्रसङ्ग उक्काउँदै उनले भनेका थिए, “त्यस समय जेलभित्र टङ्कप्रसाद, खड् गमान र रामहरहिरू थिए । बाहिर थियौं- म, श्यामप्रसाद र फणीन्द्रराज खेताला । हामीहरू जेलभित्रको बाहिर र बाहिरको जेलभित्र समाचार ल्याउने-लैजाने गथ्र्यौं ।” श्यामप्रसाद उनीहरूका नेता थिए । एक दिन राणाशासकले यसको सुइँको पायो र उनीहरूलाई समेत जेलमा कोचिदियो । तर, एक वर्षछि उनी र खेतालालाई तारखिमा छाड्यो । तर, श्यामप्रसादलाई ००७ सालको प्रजातन्त्र नआउन्जेल जेलमै थन्कायो । उनी आरुबारीबाट तारखि धाउन सिंहदरबार आउँथे, पैदल । समयमै प्रजातन्त्र नआएको भए, तारखि धाउने क्रममा उनका कति जोर जुत्ता फाट्थे, अनुमान गर्न सकिन्न ।
विकल डेढ वर्षो हुँदा आमा बितेकाले पिता, हजुरआमा र ठूली आमाको सुश्रुषामा उनको बाल्य र शैवशकाल बित्यो । तर, ००६ सालमा पिताकै पनि देहावसान भयो । यस पीडाले आक्रान्त भए उनी । तर, पनि यो वर्षउनका लागि वियोगान्त वर्षमात्र भएन, सुख र आनन्दका पालुवाहरू पनि फक्रिए उनको जीवनमा । यही वर्षउनी जेलबाट छुटे र यसै वर्षउनको पहिलो कथा ‘गरीबि’ प्रसिद्ध साहित्यिक पत्रिका शारदामा छापियो । यस मोडबाट फेरि उनले आफ्नो सिर्जनशीलताका लागि कहिल्यै पछि फर्केर हेर्नुपरेन ।
आरुबारी गाउँमा विसं १९८५ कात्तिक २९ गते बुधबार भाइटीकाका दिन चन्द्रशेखर उपाध्याय चालिसे र छायादेवीको पहिलो सन्तानका रूपमा उनको जन्म भएको थियो । धेरैवटा विद्यालयहरू चहारे पनि चञ्चल स्वभावका कारण उनले पढ्न सकेनन् । तर, प्राइभेट परीक्षा दिएर ०११ सालमा एसएलसी र पछि ‘कलेज अफ एजुकेसन’बाट स्नातक गरे ।
०१४/१५ सालको कुरा हो । उनी कलेजमा पढ्थे । सँगसँगै लोककथाहरू सुनेर तिनैका आधारमा नयाँ कथा रच्न थालेका थिए । शारदापछि प्रगति पत्रिकामा पनि उनको कथा छापिइसकेको थियो । त्यसैले उनको नाम अलिअलि चर्चामा आइसकेको थियो । यही नामलाई पछ्याउँदै बनारसका एक प्रकाशकले उनलाई विद्यालयस्तरको पाठ्यपुस्तकका लागि चारवटा बालनिबन्ध लेख्न प्रस्ताव राखे, प्रतिनिबन्ध २० रुपियाँ पारश्रिमिक पाउने गरी । “यो मेरो लेखनकालको पहिलो खुसीको क्षण थियो, यसले मलाई बालसाहित्यमा लाग्न प्रेरणा दियो,” विकलले भनेका थिए । यसपछि मूलधारका कथा, उपन्यास, नाटकसँगसँगै बालसाहित्यमा पनि उनको योगदान चुलिँदै जान थाल्यो । ०१८ सालमा नयाँ सडकका गीत नामक कथासङ्ग्रहमा मदन पुरस्कार पाएपछि विकल र उनको सिर्जनाले लामो फड्को मार्यो । त्यसपछि उनीद्वारा सिर्जित अविरल बग्दछ इन्दावती, सुनौली र सागर उर्लिन्छ आकाश छुन, बूढो भ्वाइलिन आशाबारीको धुनमा, विरानो देशमा, उर्मिला भाउजू, शव, शालिक र सहस्र बुद्धजस्ता उपन्यास-कथा तथा सप्तरङ्गी, भक्ति थापा, मिल्किएको मणि नाटक प्रमुख छन् । सात सूर्य एक फन्को र नीलगिरकिो छायामा उनका प्रसिद्ध नियात्रासङ्ग्रह हुन् ।
विकल अब हामीमाझ छैनन् । तर, उनले सिर्जेका साहित्यले भने उनलाई नेपाली साहित्यमा अजम्बरी बनाएका छन् ।
विचारले उनी कम्युनिस्ट थिए । भनेका छन्, “म त्यसबेलाको अवस्थामा कम्युनिस्ट नै हुँ । मेरो राजनीतिक पृष्ठभूमि त्यही हो, म त्यसैबाट हुर्किएँ ।” ०१५ सालपछि चाहिँ कलमको राजनीति गर्छु भनेर राजनीतिबाट सन्न्यास लिएजस्तै भए । उनी साहित्यमा राजनीति मिसिएको त्यति मन पराउँदैनथे । उनका विचारमा सच्चा साहित्यकार सबै प्रगतिशील हुन् । “जुनसुकै स्रष्टाले पनि अगाडि नै हेर्छ,” उनले भनेका थिए, “‘स्वान्त सुखायः’ नलेखेर आफ्नो माटो र जनताको पीडा लेख्ने सबै नै प्रगतिशील हुन् ।” उनको परिभाषामा मार्क्सवादलाई मात्र प्राथमिकता दिएर लेख्नेहरू ‘प्रगतिवादी’ र मार्क्सलाई मार्गदर्शक मात्र बनाएर सिर्जना गर्नेहरू प्रगतिशील हुन् ।
विकलको चित्रकलातर्फो प्रसङ्ग पनि रोचक छ । उनले जुद्धकला पाठशालामा चार महिना र प्रसिद्ध चित्रकार चन्द्रमान मास्केसँग केही समय चित्रकलाको अभ्यास गरेका थिए । यही आधारमा उनी घरमै अभ्यास गरेर राम्रो चित्रकार बनिसकेका थिए । उनले आफ्नो बेजोड सिर्जना बूढो भ्वाइलिन आशाबारीको धुनमाको आवरण आफैँले बनाएका थिए ।
“अचेल त म बाथरुममा मात्र गुनगुनाउँछु,” आज पनि गीत गाउनुहुन्छ भन्दा उनले यो उत्तर दिएका थिए । त्यसो त उमेरमा उनले मञ्चमै उक्लेर पनि गीत गाएको स्वीकारेका छन् । उनलाई अम्बर गुरुङ, नारायणगोपाल र बच्चुकैलाशका गीतहरू सुन्दा आत्मीय आनन्द प्राप्त हुन्थ्यो र कुनै बेला भारतीय गायक मोहम्मद रफीका गीतहरू गुनगुनाउन आनन्द मान्थे । “म गाउने मात्र होइन, धेरैथरीका बाजा पनि बजाउँथेँ,” उनी भन्थे । पछिल्लो समयमा रामेशका गीतहरूले उनलाई औधी रत्याएका थिए । रामेशको स्वरमा जीवन झल्किन्छ भन्ने उनको धारणा थियो ।
उनलाई एकपटक ‘कृतिचोर’को आरोप पनि लाग्यो । अविरल बग्दछ इन्द्रवती र अन्य केही कथामाथि लागेको यो आरोपका सर्न्दर्भमा उनको स्पष्ट मत थियो, “कुनै पर्ूवसिर्जनासँग भावभूमि मिल्न जानु चोरी होइन । यो आरोप लगाउनेहरूको लघुताभास हो । म यसबाट कहिल्यै विचलित पनि भइनँ र वास्ता पनि गरनिँ ।” कालान्तरमा आज तिनै आरोपित रचनाहरू नै रमेश विकलका कालजयी सिर्जना हुनपुगे र र्सवाधिक पढिने रचनामा गणना भए ।
कालजयी स्रष्टा रमेश विकललाई शब्द-श्रद्धाञ्जलि ।
नेपाल साप्ताहिक अंक ३२३
