Skip to content


सेक्सपियरले भनेका छन्, “जिन्दगी एउटा नाटक हो ।” झन्डै सेक्सपियर शैलीकै नाटकबाट रंगमञ्चमा पाइला हालेका कलाकारहरूले साँचो अर्थमा नाटकलाई जिन्दगी बनाउन सके त ? हरपि्रसाद रमिाल लामो समयदेखि रोगले थलिएका छन् । श्यामदास वैष्णवले पनि रंगमञ्चमा नटेकेको दुई दशक नाघ्यो । मदनदास श्रेष्ठ भन्छन्, “१६ वर्षयता म मञ्चमा ओर्लिएको छैन ।”

यी यस्ता रंगकर्मी हुन्, जसको वृत्तमा कुनै समय नेपाली रंगमञ्च परिक्रमा गथ्र्यो । उमेरका भर्याङ उक्लिँदै गएपछि रंगमञ्चको जोस शिथिल हुँदै जाँदो रहेछ । रेडियो नाटकबाट विशेष परचिय बनाएका रंगमञ्चका यी त्रिमूर्तिहरू आज रंगमञ्चको उज्यालोबाट छेकिएका छन् । किन ?

“आफू एक्लैले नाटक मञ्चन गर्ने, अभिनय गर्ने कुरो भएन,” श्रेष्ठ भन्छन्, “चलेका रंगसंस्थाहरूले बोलाउँदैनन् ।” श्रेष्ठको यो भनाइले उनी आज पनि रंगमञ्चका लागि उत्सुक देखिन्छन् । तर, रंगमञ्चबाट उदास हुनेमा श्रेष्ठ एक्ला होइनन् । उनका समकालीन भुवन चन्द र सुभद्रा अधिकारीको नियति पनि खासै फरक छैन । उनीहरू सबैको एउटै भनाइ छ, कसैले रंगकर्मका लागि निमन्त्रणा दिँदैनन् । यो पुस्ता ‘सर्वनाम’ या ‘आरोहण’ले जस्तै आफ्नै प्रयासले रंगमञ्चलाई जगाउन सक्ने स्थितिमा छैन । लामो समय सरकारी तबरमा आफ्नो कलाकारतिालाई गति दिँदै आएका श्रेष्ठ, चन्द, अधिकारी या वैष्णव त्यहाँको रोजीरोटी सकिएपछि त्यस क्षेत्रबाटै पलायनजस्तो हुन पुगे । वैष्णवले रेडियो नेपाल, नेपाल प्रज्ञा-प्रतिष्ठान र नाचघरमा पालैपालो लामो समय काम गरे, नाटकमार्फत । चन्द र अधिकारी सांस्कृतिक संस्थानमा जागिरे हुँदा रंगमञ्चमा सक्रिय थिए । श्रेष्ठ प्रज्ञा-प्रतिष्ठान र रेडियो नेपालमा थिए । त्यहाँबाट निवृत्त भएयता उनीहरूको कलात्मक उपस्िथति पनि निवृत्तजस्तै भएको छ । “नाचघर र एकेडेमीमा त्यति नाटक नै हुँदैनन्, सर्वनाम, गुरुकुलले बोलाउँदैनन्,” चन्द दुखेसो पोख्छिन्, “अनि कसरी रंगमञ्चको बिँडो थामिराख्नु ?”

यस मानेमा अधिकारी त अझ शिथिल देखिन्छिन् । २०५७ सालमा सांस्कृतिक संस्थानको जागिर सकिएपछि उनको यता लाग्ने सोच नै मर्यो । फिल्ममा व्यस्त हुँदा परविारको गर्जो टार्न दुई-चार रुपियाँ भए पनि प्राप्त हुन्छ । तर, नाटकमा त मिहिनेत धेरै, पारश्रिमिक सुको हात नलाग्दा अब त उनीभित्रको रंगकर्मी नै पनि सेलाइसक्यो । भन्छिन्, “अन्तिमपटक देवकोटाको कुञ्जिनीमा खेलेकी थिएँ, त्यो पनि नौ वर्ष भइसकेछ ।” त्यसैले उनी अहिले पनि रंगमञ्चलाई जीवन त मान्छिन् तर जीवन चलाउनैचाहिँ यसबाट सम्भव देख्दिनन् । “फिल्ममा भन्दा कता हो कता आनन्द यसैमा छ तर मिहिनेत धेरै पर्छ र आम्दानी हुँदैन ।” त्यसैले उनी अब यतातिर फेर िकहिल्यै नफर्किने सुरमै पलायन भएकी हुन् । आम्दानी नहुनुका कारण अब रहरले मात्र पनि त्यता लागिरहन सम्भव छैन उनका लागि ।

तर, रङ्गमञ्चमा लागेर धेरै भोटा फटाएकाहरू भने आज पनि यसैको मोहमा निरन्तर लागिरहेछन् । यिनीहरू रंगकर्मीको सक्रिय थलोबाट अलिक हटेर नाटकजन्य सिर्जनामा लागेका छन् । श्यामदास वैष्णव आज पनि नाटक लेखिरहेछन् । उपनामबाट साप्ताहिक पत्रपत्रिकाहरूमा समसामयिक लेखरचना लेखिरहन्छन् वैष्णव । तर, नाटक भने आफ्नै नाममा लेख्छन्, लेखिरहेछन् । कुनै समय नाटकलाई प्राविधिक हिसाबले समेत समयसापेक्ष रूपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले आफ्नो जमानामा देवकोटाको कृषिवालालाई टेपमा रेकर्ड गरेर नाचघरको मञ्चमा प्रस्तुत गरेका थिए, जसलाई हेरेर त्यसबेलाका दर्शक-रंगकर्मीहरू चकित भएका थिए । वैष्णव अहिले पनि त्यही मान्यतामा छन् । उनका विचारमा रंगमञ्चलाई परविर्तित अवस्था र उपलब्ध प्रविधिमार्फत प्रस्तुत गर्नुपर्छ । त्यसैले उनी यतिखेर नाटकलाई भिडियोमार्फत प्रस्तुत गर्नुपर्छ भन्छन् । थप्छन्, “नाचघर व्यापारकि थलो भयो, प्रज्ञा-प्रतिष्ठान कारिन्दाको घर । त्यसैले अब हामी बाहिर बस्नेहरूले नै केही गर्नुपर्छ ।” उनी रंगमञ्चमा यतिखेर ‘आरोहण’ले उल्लेख्य भूमिका निर्वाह गररिहेको स्वीकार्दै भन्छन्, “तर, अबको रंगमञ्चलाई मञ्चबाट पनि निकालेर डीभीडीमा रूपान्तरण गर्नुपर्छ ।” त्यसैले वैष्णव आफ्नै पहलमा नाटकलाई सीडी र भीसीडीमा निकाल्ने तर्खरमा छन् । उनी आफूले कुनै समय कर्मथलो बनाएर सक्रिय रंगकर्मका रूपमा अपनाएका नाचघर र प्रज्ञा-प्रतिष्ठानलाई तिनको निष्कृयताप्रति व्यंग्य गर्दै भन्छन्, “हामीले ढिँडो खाएर रंगमञ्चलाई जीवन्त राखेका थियौँ, आजकाले पुलाउ खाएर डुबाइरहेछन् ।”

अर्का पाका रंगकर्मी प्रचण्ड मल्लको सक्रियता पनि त्यत्तिकै उदाहरणीय छ । हुन त यिनले पनि धेरै समयदेखि रंगकर्मीका रूपमा अनुपस्िथति नै जनाइरहेका छन् । तर, रंगमञ्चको परििधबाहिर भने गएका छैनन् । रंगनिर्देशकका रूपमा बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, सत्यमोहन जोशी आदिका नाटकहरू मञ्चन गराएका मल्ल यतिखेर रंगमञ्चको इतिहास लेखनमा व्यस्त छन् । “हालै कान्तिपुरको रंगमञ्च नामक पुस्तक प्रकाशित भयो, म अब रंगमञ्चको लेखन कार्यमै व्यस्त रहने विचारमा छु,” भन्छन्, “म अब यस उमेरमा आएर आफूले यहाँसम्म डोर्याएको रंगमञ्चलाई कहाँ छोड्न सक्छु र ?” त्यसैले उनको जीवनसँगै गाँसिएको छ रंगमञ्च । यस पुस्तकमा विसं २००० सम्मको नेपाली रंगमञ्चको आरोह-अवरोहलाई समेटेका छन्, मल्लले । त्यसपछिका गतिविधिहरूलाई क्रमशः भक्तपुर र पाटनको रंगमञ्चमा समेट्ने छन् । यसको लेखनकार्य झन्डै समाप्त भइसकेको छ । “यसबाहेक सोच्ने र गर्ने अर्को क्षेत्र मसँग छैन,” मल्ल भन्छन्, “त्यसैले बाँकी जीवन यसैमा समर्पित हुनेछ ।”

सरकारी रंगमञ्चमा काम गरेर त्यहीँबाट आफ्नो वृत्ति विकास गरेका र पहिचान बनाएकाहरू आज निष्कृय हुनुमा जागिरे मनोवृत्ति पनि दोषी छ । तर, ती रंगमञ्चहरूमा पनि आज रंगकर्म हुन छाडेका छन् र उडुसउपियाँको रजगज चलिरहेको छ । यस कुराले मदनदास श्रेष्ठ त झनै चिन्तित छन् । पछिल्लो समय उनले निरन्तरता दिएको रेडियो नाटक रेडियो नेपालले बन्द गरेकामा उनी क्षुब्ध पनि छन् । यसले धेरैलाई रंगमञ्चमा आउन प्रेरति गरेको थियो भन्ने उनको बुझाइ छ । श्रेष्ठ भन्छन्, “यसले नाटकमाथि ठूलो आघात भएको मैले अनुभूत गरेको छु ।” उनलाई पछिल्लो छिमलका रंगकर्मीले पनि भुल्दैछन् भन्ने आशंका छ । र, आजका नाटकले नेपालीपनको आभास दिन छोडिसकेका छन्, खालि रंगमञ्चको मात्र विकास भइरहेको छ भन्ने उनको अनुभव छ । “आजकाहरूले हामीलाई इतिहासकै पानाबाट पनि मेटाउन खोजिरहेछन् ।” यो उनको आजका रंगकर्मीहरूले सम्झेनन् भन्ने गुनासो हो ।

आजका रंगकर्मीहरूले हिजोको त्यस पुस्तालाई बिर्सन खोज्छन् होला । तर, त्यस पुस्ताले पनि रंगमञ्चलाई सम्झिने प्रयत्न गररिहेको छैन । वैष्णव र मल्ल मात्र अपवाद हुन् । बाँकी रंगकर्मीहरू रंगमञ्चबाट पटाक्षेप भइसकेका छन् । यथार्थ यही हो, तीतो तर सत्य ।

नेपाल साप्ताहिक ३७१

Leave a Reply

Your email address will not be published. Required fields are marked *