Skip to content


एउटै बाटो सधैं भेटघाट भइरहँदा
मुस्कानहरु साटिएछन् देखिरहँदा
कुन बिन्दुमा मन भूले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन

कहिले घूईँचो कहिले हल्ला कहिले एकान्त
कहिले खुसी कहिले सुर्ता कहिले अशान्त
बाँड्दा बाँड्दै एक अर्कामा संकोच रहेन
यस्तै गरी कहाँ मिल्यौं थाहै भएन

भीडले एक्लो पार्दा पार्दै नजीक भएछौं
सायद विश्वास खोज्दा खोज्दै आफ्नो भएछौं
तिमीसित भेटेपछि पीरै रहेन
कति छिटो खुसी झुले थाहै भएन

शब्द – रमण घिमिरे
स्वर, संगीत – दीप श्रेष्ठ
एल्बम – श्रृंखला

Leave a Reply

Your email address will not be published. Required fields are marked *