“केहुनुपर्ने मान्छे, के भएँ ?” उनी कस्थहिलेकाहीँ यो ७४ वर्षे उमेरको शिखरमा उभिएर आफ्नो जीवनको समीक्षा गर्छन् । अनि, आश्चर्य लाग्छ आफैँलाई । तर, नियतिको निर्णयका अघि मान्छे जाबोको इच्छाले मात्र कहाँ हुँदोरहेछ र ?
गीतकार, गायक, संगीतकार भीम विराग आफ्नो अतीतको लामो यात्रालाई बराबर फर्केर स्मरण गर्छन् । त्यस दिन, त्यो घटना नभएको भए सायद उनी राष्ट्रकै चर्चित खेलाडी हुनेथिए । वीरगन्जमा उनी नामी खेलाडी थिए । लेफ्टआउट भनेपछि छेउछाउका मात्र होइन, टाढाटाढाका खेलाडीहरू पनि उनीसँग सतर्क हुन्थे । उनको खुट्टामा भकुन्डो आएपछि पोस्टमा नपुगी त्यसले अलमलिन पाउँदैनथ्यो । उनीसँग पहिला त भकुन्डो किन्ने हैसियत थिएन । उनी भोगटेलाई थिचथाच पारेर भकुन्डो बनाएर खेल्थे । पछि खेल्दै जाँदा उनी वीरगन्जभरमिै कहलिएका खेलाडी हुनपुगे । अब उनलाई भकुन्डोको चिन्ता होइन, खालि भकुन्डोलाई कसरी प्रतिद्वन्द्वीका पोस्टमा छिराउने भन्ने ध्याउन्न मात्र हुन्थ्यो । यसमा उनी प्रायः कहिल्यै चुक्दैनथे । त्यसैले उनको खुट्टामा भकुन्डो परेपछि फलाम चुम्बकमा लुटपुटिएजस्तो हुन्थ्यो ।
त्यस दिन पनि यस्तै भयो । घटना आज पनि उनको सम्झनामा आलै छ । उनले खेल सुरु भएको १० मिनेटमै गोल गरे । त्यसपछि विपक्षी दलमा खैलाबैला मच्चियो । उनीहरूले एकै ठाउँमा झुरुप्प भएर एकछिन केके कानेखुसी गरे । फेर िखेल सुरु भयो र उनका खुट्टामा फेर िपनि भकुन्डो पर्यो । उनी तीव्र गतिमा भकुन्डो लिएर हुइँकिए । तर, यसपालि भकुन्डो गोलपोस्टसम्म पुग्न सकेन । पछाडिबाट दुई-तीन जना विरोधीले घेरेर अचानक गरेको आक्रमणका कारण १० बल्ड्याङ् खाएर उनी ढले । उनको त्यही शक्तिशाली देब्रे खुट्टो र देब्रे हात १०/१२ ठाउँमै भाँचिए ।
“त्यसबेला कुनै उपचारविधि थिएन, एउटा स्थनीय कम्पान्डरको उपचारबाट केही हुन सकेन ।” त्यो पनि मानिसका लागि गरनिे उपचार थिएन । घोडाको उपचारमा गरिने मालिसको मल्हमले मानिसको हाडजोर्नीको उपचार कसरी सम्भव हुन्थ्यो ? त्यसयता आजसम्मका झन्डै छ दशक आयु उनी अपांग जीवन बिताइरहेछन् ।
त्यति भएर पनि उनलाई आफ्नो अवस्थप्रति कुनै लघुताभास छैन । “जीवनप्रति मलाई कुनै गुनासो छैन,” भीम विराग भन्छन्, “मभन्दा हट्टाकट्टा साथीहरू सबै गइसके तर म अपांग भएर पनि बाँची त रहेछु नि !” यो उनी आफैँलाई फुल्याउने एउटा अभिव्यक्ति मात्र हो । नत्र किन भन्थे र, “मलाई जन्मदेखि नै धोका हुँदै आएको छ ।”
उनको जन्मको धोकाको अर्को मार्मिक कथा छ । ज्यापू महिलासँग विवाह गरेकाले बाबुलाई जात, थरसहित परविारबाटै हटक गरयिो । अनि, आफूलाई कहिले महाजन, कहिले महर्जन र कहिले श्रेष्ठ थरहरू गुथाउँदै ‘विराग’को नयाँ थरमा रूपान्तरति हुन पुगे । नियतिले धोका दिएर उनलाई अपांग बनाएपछि उनी कतै हिँडडुल गर्न नसक्ने भएर कुँजिए । र, यसको फाइदा उठाएर अरूहरूले आफ्नो नाम चलाउन खोजे ।
उन्ालाई जीवन र अवस्थप्रति कुनै गुनासो नभए पनि यस अवस्थले भने उनलाई प्रशस्त गुनासो गर्ने ठाउँ बनाइरह्यो । उनको यस दुर्बलता र कमजोरीको फाइदा उठाउँदै हिँड्नेहरू पनि निस्िकए । तर, उनी तिनीविरुद्ध केही गर्न नसकी टुलुटुलु हेरेर बाँच्न बाध्य भए । यसले उनको मन भतभती पोल्छ । घृणा र आक्रोशले जीउ जिरंिग हुन्छ ।
“मलाई मेरो सारै नजिककाहरूले धोका दिए,” उनी प्रसंगको भारी फुकाउँछन् । नारायणगोपालले गीतियात्रा नामक एल्बमका लागि गीत मागेका थिए । उनले आफँैले रचेका र धुन भरेका दुई-तीनवटा गीतहरू छाने । तर, यही बेला उनी मोटरबाइक दुर्घटनामा परे र त्यही देब्रे खुट्टा फेर िभाँचियो । उनी झन् अशक्त भए । उनले नारायणगोपाललाई यही जानकारी गराए । नारायणगोपालले विरागको बाध्यता बुझेर विरागकै चेला मधु क्षेत्रीलाई लय सिकाएर पठाइदिन आग्रह गरे । वास्तवमा मधुले विरागका सबै गीतहरू लयसहित कण्ठ पारेका थिए । उनी वीरगन्जतिर हुने कार्यक्रममा विरागकै गीतहरू गाएर प्रसिद्ध भएका थिए । र, नारायणगोपाललाई पठाउने भनेका दुईवटा गीत, ‘झरेको पातझैँ भयो’ र ‘कसरी म भुलेँ, केमा म भुलेँ’का लय पनि मधु क्षेत्रीलाई कण्ठ भएकाले उनैमार्फत नारायणगोपाललाई सिकाउन भनेर अर्थ्याएर पठाए ।
तर, गीतियात्रा प्रकाशित हुँदा ‘कसरी म भुलेँ’ भन्ने गीतको संगीतकारमा उनको ठाउँमा मधु क्षेत्रीको नामको पो छापिएको देखे । उनले किन यसो गरेको भनेर मधुलाई सोद्धा “आफैँले आएर सिकाउनु पथ्र्यो नि, मैले सिकाएपछि त मेरै त हुन्छ नि !” भन्ने ठाडो जवाफ लगाए । अनि, उनले मधुलाई जीवनमै पहिलोपल्ट श्राप दिए, “तिमीजस्तो धोकेबाज कहिल्यै सफल कलाकार हुन सक्तैनौ ।” वास्तवमा विराग शारीरकि रूपमा मात्र अपांग थिए । यस्ता कैयौँ मानसिक अपांगहरूले उनको कमजोरीको फाइदा उठाइरहे । यस्ता प्रसंगहरूमा भने उनलाई साँच्चि नै वैराग लागेर आउँछ । अनि, उनी बेलाबेला सोच्छन्, म किन बाँचिरहेको होला ! उनका प्रायः सबै समवयीहरू बितिसके । उनले जीवनमा नबुझेका धेरै रहस्यहरूमध्ये यो प्रमुख रहस्य हो ।
जीवनमा घटेका यस्ता विषाक्त अनगिन्ती सम्झनाहरूका माझमा उनीसँग केही सुखद र सम्झँदा आनन्द लाग्ने क्षणहरू पनि छन् । बुबा संगीतका सारै सोखी थिए । वीरगन्जको माइस्थन मन्दिरमा हरेक साँझ उनीहरूको सांगीतिक ‘महफिल’ जम्थ्यो । भजन गायन सकिएपछि बाजागाजा थन्क्याउने जिम्मा उनीहरूकै हुने गथ्र्यो । त्यसपछि उनीहरू अग्रजहरूको सिको गर्दै केही समय तबला र हार्मोनियमहरूसँग खेल्थे । यसरी थाहै नपाई उनी संगीतमा लग्गू हुन थालेछन् । ती क्षणहरूतिर फर्किंदा उनलाई रमाइलो लाग्छ । बिहानको कलिलो घामले आङमा स्पर्श गरेको आभास हुन्छ । अलिक पछि जब उनी संगीतमा समर्पित भएरै लागे अनि संगतले सुरापानतिर पनि लागे ।
कुनैबेला संगीतको सारेगम सिकेको त्यही माइस्थान मन्दिरमा उनीहरू बसेर रक्सी खान्थे र गानाबजाना गर्थे । कहिले फेर िसुरापानकै लागि एकान्त खोज्दै मसानघाट पुग्थे र बाँसुरीमा लय फुक्दै पिउँथे । एकदिन नारायणगोपालले उनलाई भने, “विरागजी ! एउटा रक्सीको गीत लेखिदिनोस् न !” स्वाभाविक थियो, नारायणगोपाल पनि रक्सीका सोखी थिए र यसको स्वाद र महत्त्व बुझेका थिए । अनि, यिनै ठाउँको कल्पना गर्दै उनले एउटा जीवन्त गीत लेखे, ‘मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ ।’ पहिला रहरले पिएका थिए, पछि लत बस्यो अनि छाड्नै नसक्ने भएर बाध्यताले पिउन थाले । अब कहिल्यै पिउँदिन भनेर कसम खाएर पनि पिइरहे । उनले यिनै घटनाहरूलाई मनमा राखेर गीतको उठान गरे, ‘रहरै रहरमा पिएँ, विवश भएर पिएँ, …पिउँदिन पिउँदिन भन्दै पिएँ ।’
उसो त भीम विरागले लेखेका सबै गीतहरूमा उनकै भोगाइ अभिव्यक्त भएको हुन्छ । ‘पूजाको फूलजस्तै दिनदिन मरेर हेर, ढुंगाको मूर्तिजस्तै दोबाटो बाँचिहेर’ भीम विरागले स्वीकार नगरे पनि नारायणगोपालले गाएको यस गीतमा उनले आफ्नो जीवनको कटु भोगाइ लेखेका छन् । उनलाई लाग्दो पनि हो, सायद उनी पूजाको फूलजस्तै दिनदिन मररिहेछन्, ढुंगाको मूर्तिजस्तै दोबाटो बाँचिरहेछन् । त्यसैले त उनको स्वीकारोक्ति छ, “यदि मेरा गोडा चल्नसक्ने भए कहाँकहाँ पुग्ने थिएँ, कति मानिसलाई भेट्ने थिएँ ।” र, उनी मधु क्षेत्रीहरूको धोकाबाजीमा पनि पर्ने थिएनन् ।
तर, यो मात्र अन्तिम सत्य होइन । किनभने, उनी अपांग भएर कुञ्जिए पनि उनी पुग्न नसक्ने ठाउँमा आज उनका संगीतहरू पुगेका छन् । सायद उनले भेटेर जित्न नसक्ने मनहरूलाई आज उनका गीतले जितेका छन् । उनका गीतहरू मन्दिरमा गाइने भजनजस्तै मानिसका आराधना भएका छन् । उनी साधनाले सबै अंग स्वस्थ हुनेहरूभन्दा कैयौँ गुणा सबलांग छन्, सबल छन् र शक्तिशाली छन् । उनी वैराग्यका होइनन्, सिर्जनाका भीम हुन् ।
उनलाई शरीरले सोझो भएर हिँड्न दिँदैन । त्यसैले उनले वर्षौंदेखि पूरा आकाश हेर्न पाएका छैनन् । लामो बाटो हिँड्नै सक्तैनन्, थाकिहाल्छन् । तर, सिर्जनामा उनी आजसम्म कहिल्यै थाकेनन् । सुनेर कहिल्यै नथाक्ने गीत लेख्छन् उनी । लामो यात्रामा हिँडेको कुनै पनि यात्रीलाई उनका गीतहरूले बाटो काट्न ऊर्जा दिन्छन् । उदासी, एकान्त या विरक्तिको अर्थ दिन्छन् । सायद उनलाई पनि यो जीवनको दियोमा हरेक क्षण तेल थपिरहने र बाती सल्काइरहने साधन यिनै गीत र संगीत नै हुन् । त्यसैले उनका पाइलाहरूले थोरै बाटो हिँडे होलान् र उनका आँखाले एक पाटो आकाश मात्र देखे होलान् । तर, उनका गीतले सारा धर्ती हिँडेका छन् र संगीतले सम्पूर्ण आकाश ढाकेका छन् ।
नेपाल साप्ताहिक ३४१
