Skip to content

ज्ञानेन्द्र विवश

ब्वाँखोलाको बगर

ब्वाँखोलाको बगरमा अविरल बगिरहन्थे पानी । पहाडका कुइनेटोलाई फन्को मार्दै खोलाले धेरै पटक बगरको ओल्लो कुनो, पल्लो छेऊ बग्दै आफ्नो साम्राज्य स्थापित गरेको थियो । दायाँबायाँ पहाडी शिखरका उजाड उचाइ अग्लिएका थिए धेरै माथसम्म । तिनमा कतै घना बोटवृक्ष थिए । कतै चट्टानका कहाली लाग्दा भीरैभीरका लस्कर । कतै पहिरो गएर खत बसेका पहाड देखिन्थे । बगरभरि काँसे घारी, बडेमानका गजधम्मे चट्टानहरू थिए । अनेक घुम्ती, कुइनेटा, दह र पट्यार लाग्दा मरुभूमितुल्य बगरहरू थिए ।

GyanendraBibas

पावन भूमिमा प्रथम पाइला

भनिन्छ, केही देखी जानिन्छ, केही सुनी जानिन्छ । केही परेर पनि र कति कुरा पढेर पनि जानिन्छ । मैले पनि केही सुनेर जानेको थिएँ हलेसीलाई । केही जानेको थिएँ हलेसीको तस्वीर हेरेर । तर देखेर चाहिँ चिनेको थिइनँ हलेसीलाई ।

अब अहिले सुनेको र देखेको ठाउँमा प्रत्यक्ष आँखाले देख्न र पाइलाले टेक्न पाउँदा मन त्यसै गद्गद् हुन पुगेको थियो । पहाडको प्रसिद्ध तीर्थस्थल हलेसीको पावन भूमिमा मेरो प्रथम पाइला पर्यो ।

बलिपूजाविनाको जात्रा

  • by

काठमाडौँका बासिन्दा इन्द्रजात्राको रमाइलोमा रमिरहेका बेला ललितपुर, प्याङ गाउँका स्थानीय बासिन्दा आफ्नै मौलिक जात्रामा हराउने गर्दछन् ।

नेपाली ललितकलामा समावेशी स्वरूप

  • by

आज समयले प्रत्येक मानिसलाई आफ्नो हैसियत, अवसर, अधिकार आदिको खोजीमा अग्रसर गराइरहेको देखिन्छ । राज्यले समेत सबैमा त्यो समानताको अवसर प्रदान गर्न नीति-निर्माण तहबाटै कार्ययोजनाहरू प्रारम्भ गरिरहेको छ ।

नालामा लोकेश्वरजात्रा

  • by

काभ्रेको नालामा हरेक वर्ष मनाइने प्रसिद्ध सृष्टिकान्त लोकेश्वरजात्रा यसै साता सकिएको छ । त्यसो त यसै साता उपत्यकाका धेरै स्थानमा विभिन्न किसिमका जात्राहरू भव्य उत्सवका साथ सम्पन्न भएका छन् ।

झण्डा र झगडा

  • by

झण्डासँग सबैको नाता आत्मीय हुनुपर्छ । त्यो नाता बराबरी र पुरानो पनि हुनुपर्छ । झण्डासँग मेरो नाता निकै पुरानो छ । त्यो नाता जन्मसँगै प्रारम्भ भएको हो । मैले तोते बोल्न नसक्दै । मैले ताते हिँड्न नजान्दै । त्यो नाता मेरी आमाले मलाई झण्डारूपी रुमालले हम्किँदै शीतलता प्रदान गरिदिएको आज पनि सम्झन्छु । अहिले पनि गर्मी याममा शीतल पार्न पफ्ारूपी झण्डाले हम्किने गर्छु । झण्डाको काम हेर्दा यस्तो लाग्छ, झण्डा नभए त केही कामै पो नहुने रहेछ ।

अविरको पर्दा र पनौतीको जात्रा

  • by

जेष्ठ शुक्ल पूणिर्माका दिन प्रत्येक वर्ष झैँ काभ्रेस्थित ऐतिहासिक सहर पनौतीमा सांस्कृतिक महत्त्वको प्रसिद्ध पनौतीजात्रा अर्थात् भैरवभद्रकालीजात्रा हुँदैछ । पनौती आफैमा एक प्राचीन धार्मिक स्थल हो । पुण्यमती र रोशी नदीको सङ्गमस्थलमा रहेको पनौतीमा इन्द्रेश्वर महादेवको मन्दिर सबैभन्दा प्राचीन, ठूलो र महत्त्वपूर्ण मन्दिर मानिन्छ ।

मनोरम मनाङ

  • by

वि.सं. २०६१ मा ‘मनाङ गन्तव्य अभियान’ सञ्चालन भएका बेला बाटोघाटो, खानेबस्ने तथा शान्ति सुव्यवस्थाको अभावका कारण मुश्किलले ७० जना पर्यटकहरू मनाङ पुगेका थिए । अनन्त प्राकृतिक छटालाई आकर्षणको प्रमुख माध्यमका रूपमा उपयोग गर्दै स्थानीय जीवनस्तर उकास्न र स्थानीय गन्तव्यको प्रवर्द्धन गर्न मनाङ युवा समाजले मनाङ गन्तव्य अभियान आयोजना गरेको थियो ।