जयदेव गौतम
महाकविको ‘भूमिकालेखक’ व्यक्तित्व
जम्माजम्मी पचास वर्ष बाँचेका महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका एक त्यस्ता पात्र हुन्, जसको बारेमा सबैभन्दा धेरै लेखिएको छ, सबैभन्दा धेरै बोलिएको छ, सबैभन्दा धेरै पढिएको छ र सबैभन्दा धेरै चर्चा गरिएको छ । उनको बहुआयामिक व्यक्तित्वको विशालता कस्तो छ भने उनी सधैँ सबैका लागि अध्ययन, विश्लेषण, अनुसन्धान र खोजका शाश्वत विषय बनेर रहेका छन् । सम्भवतः यही कारण होला, उनको सन्दर्भमा एउटै मानक स्थापित गर्नै सकिँदैन । यसै सन्दर्भमा बजारमा हालै एउटा पुस्तक आएको छ- ‘महाकविका भूमिका’ ।
अनुभवहरूको जुलुस
सुदूर जिल्ला दार्चुलाको टुँडिखेलमा एउटा दुई दिवसीय कार्यक्रममा म पनि उपस्थित छु । राजधानीबाट गएका अरू केही साथी मसितै छन् । कार्यक्रममा दर्शक बनेका सयौं स्थानीय जनहरूमध्ये दुइटी किशोरी हाम्रो नजिक आइपुग्छन् । दुवै जना आफ्नो किशोरवयलाई छोडेर तरुणाइको मनमोहक सङ्घारमा उभिएका छन्, जुन कुरा उनीहरूको शारीरिक अवस्थाबाटै लख काट्न सकिन्छ ।
चामल र चमेली
दुई कुरा (चामल र चमेली)मध्ये कुनै एक रोज्नुपर्ने अवस्था आइलाग्यो भने निश्चित तवरले मेरो रोजाइ हुनेछ, चामल । यसरी रोज्दा म तलमाथि वा देब्रे-दाहिने अरू केही सोच्दिनँ, सायद मेरो मस्तिष्कले त्वरति सोच बनाइसकेको हुन्छ । किनभने, म चामलमा सार देख्छु र चमेलीमा फगत रूप मात्र । सार भनेको गुदी हो, गुण हो, गुणवत्ता हो, प्राकृतिकता हो र अन्तरतम हो ।
रहरै रहर
रहर नै नभएको, कुनै रहर नै नपाल्ने मानिस संसारमा कोही होला कि ? केही रहर नबोक्ने, कस्तै रहर नसाँच्ने, कत्ति पनि रहर नपाल्ने, कहिल्यै नरहराउने मानिस कोही होला कि ? यस्तो रुमानी कल्पनामा हठात् डुबुल्की मार्दा पनि मन पुलकित भएर आउँछ, हृदय रोमाञ्चित भएर जाग्छ । किनभने जम्माजम्मी तीन अक्षर मिलेर बनेको रहर शब्द उच्चारण गर्दा जति मीठो लाग्छ, सुन्दा उत्ति नै प्यारो अनुभूत हुन्छ । यो आफैँमा सरल छ, सपाट छ, सुस्पष्ट छ ।
