Skip to content

ललिता 'दोषी'

दुर्घटना

बच्चा जन्मेको धेरै समय बितिसक्दा पनि युवती न कुनै प्रतिक्रिया, न कुनै उत्साह नै व्यक्त गर्छे । युवतीको त्यो व्यवहार देखेर सिस्टरहरू सोझै अड्कल लगाउँछन्, “उनी कुनै गहिरो सोचमै डुबेकी छिन् ।”

रमा सिस्टरले युवतीको एकाग्रता भङ्ग गर्दै भनिन्-”होइन बहिनी, तपाईं त मुर्दाजस्तै हुनुभयो नि ! छोरो कि छोरी के जन्मियो भन्ने पनि सायद पत्तो छैन, किन यसो गर्नुभएको ?”

सपूत राष्ट्रको

  • by

छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको
तिम्रै नामले पनि उठ्छ शिर देशको
नेपालीका गहभरि छ तिम्रै तस्बिर आज
धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज ।

चरी

  • by

चिरविर, चिरविर गर्दै गाउँछे
चरी आँगनीमा
चारा टिप्दा छर्छे विस्कुन
कहिले कुनाकुनीमा ।
भुर्र यता, भुर्र उता
गर्दै नाच्छे चरी
सधैँजसो लिइजान्छे
चारा चुच्चाभरि ।

जरुवा छ कि आँखाभित्र

  • by

जरुवा छ कि आँखाभित्र झर्छ सधैँ पानी
लाखौँ गरो कोसिस मैले सुकेनन् आँखाका यी नानी

फ्याँक्न खोजें जलन, पीडा तस्बिर निष्ठुरीको
जति बिर्सुं भने पनि गएन झझल्को उनको

साहसी सोनाम

  • by

बुटवल तिनाउ नदीको किनार भन्दा केही पर सडकको छेउमा जस्ताले छाएको एकतले घर छ । आँगन नजिकै केही केराका बोटहरू छन् । मूलढोका नजिकै ठोकिएको किल्लाहरूमा एउटामा माछा मार्ने जाली र अर्काेमा पेरुङ्गो झुण्ड्याइएको छ ।

सहयोगी मैना

  • by

झिसमिसे बिहानीमा कस्तुरी सधैँझैँ आहाराको खोजीमा आˆनो बासस्थान छोडेर केही परको जङ्गलमा पुग्यो । कस्तुरीको आँखा लहलह परेर पलाइरहेको राम्रो घाँसमा पर्‍यो । घाँस उमि्रएको ठाउँमा केही खाल्डो भएकोले कस्तुरी उफ्रिएर तल झर्‍यो । झर्दा पेटमा नीलकाँडा बिझ्यो । पीडाले आत्तिँदै कस्तुरी खाल्डोबाट बाहिर निस्कियो । कस्तुरीले आफ्नो पेटमा बिझेको काँडा झिक्न सकिन्छ कि भनी निक्कै कोसिस गर्‍यो तर सकेन । असहृय पीडाले रन्थनिँदै आफ्नो बासस्थानतिर र्फकदै गर्दा कस्तुरीले रूखमा बसेको सुगालाई देख्यो र विनम्र स्वरमा भन्यो, ‘सुगा हेर न, मेरो पेटमा निलकाँडा बिझ्यो । झिकिदेऊ है ।’