Skip to content

जरुवा छ कि आँखाभित्र झर्छ सधैँ पानी
लाखौँ गरो कोसिस मैले सुकेनन् आँखाका यी नानी

फ्याँक्न खोजें जलन, पीडा तस्बिर निष्ठुरीको
जति बिर्सुं भने पनि गएन झझल्को उनको

रेटी रेटी मुटु मेरो अन्तै चालिन् पाउ
चाहेकै हो खाटा लगाउन आलै रहृयो घाउ

थुप्रै बितेछ हिउँद वर्षा बितेछ जिन्दगानी
सकिन भुल्न मैले विछोडको कहानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *