Skip to content

उड्छ सिमल भुवा बनी

  • by


उड्छ सिमल भुवा बनी
मन कताकता
भत्कियो सारा रहरहरू
तिमीले अर्कै मोड लिँदा
उड्छ….

तिमीले दल्यौ चुक नै
मेरो आलो घाउमा
झुम्यौ सधैँ सधैँ तिमी
अरुहरूकै बाहुमा
उड्छ…

सँगै यात्रा गर्छु भन्थेँ
जीवनरूपी नाउँमा,
तिमीले बिछ्यायौ काँडाहरू
लर्खराएकै पाउमा
उड्छ…

बुझ्नै सकिन मैले
तिम्रो क्रूर नियति
चुरा फुटेझैँ फुट्यो
रहर लाग्दो जिन्दगी
उड्छ… ।

-बुद्धनगर, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *