Skip to content

नेपाल साप्ताहिक

नौ वर्षछि श्रद्धाञ्जलि

  • by

जन्मः मे १, १९२३ ब्रुकलिन ।
मृत्युः डिसेम्बर १२, १९९९, इस्ट हेम्पसायर ।
यी दुवै सहर न्युयोर्कका प्रचलित स्थान हुन् । माथि उल्लेख गरएिको न्युयोर्कमै जन्मेर न्युयोर्कमै मृत्यु हुने व्यक्ति बीसौ“ शताब्दीका एक प्रख्यात लेखक हुन् । नाउ“ हो, जोसेफ हेलर ।

थुनुवाको सिर्जना

  • by

९० वर्षउकालो लागेका डायमनशमशेरलाई पुरानो जेल बसाइ सम्भँmदा कस्तो लाग्छ – पक्कै आँखामा आसु आउछ । निकै भावुक बनाउछ ।

युग हापेर जितेको शासन

  • by

दन्दनी बलिरहेको छ आगो
फन्फनी घुमिरहेका छन् भाइहरू
एउटा डाडु लिएर ‘स्वघोषित भान्छे’ बनिरहेछ
अरू पनि छन्, पन्यू र दाबिले भान्छेहरू
कोही थाल, कचौरा र हात पसारिरहेका छन्
कोही कोपरा बोकेर मागिरहेका छन्
युग हापेर जितेको
उधारो एउटा शासन पाकिरहेको छ भान्छामा ।

क्यामराम्यान

चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राति घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चाँडै हिँड्नु छ, कार्यक्रमस्थलको लोकेसनका बारेमा सोचिरहेको छु,” प्रश्नको जवाफ होइन, उसले आफू मौन रहनुको कारण बतायो । ऊ टेलिभिजनको क्यामराम्यान जो करिब दुई दशकदेखि टेलिभिजन च्यानलको समाचारकक्षमा काम गरिरहेको छ ।

लोप जीन

श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

बिरालो

  • by

भित्तामा ट“साएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिए“ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइन“ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भए“ । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टबिाट धमिरा लागेर किताबको खोल मात्र बा“की बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहा“कहा“देखि खोजेर, किनेर अप्रँप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौ“ला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।

रूप-रसिक कवि कटुवाल

  • by

कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान व्यथितको पहलमा कवि कटुवाललाई त्यसै सम्मेलनमा विशिष्ट कवितापाठका निम्ति ‘स्वर्णपदक’ दिइयो ।

नेताको व्यथा

  • by

राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैँटोमध्ये लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गजबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैँटे भुँडी भरौँला भन्दाभन्दै आफू रिित्तन्छन् । अर्थात्, यस्ता लोटाको प्रयोग पत्तै नदिई नेताले के जाति धुवाइका लागि गरसिकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन्, हातमै च्याप्छन् । यस्ता लोटामा प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे-भरौटे कर्मचारीदेखि स्वयम् घोषित एवम् पद र पगरी खोसित सांसदसम्म पर्छन् । जल भरनिे घैँटो राजनीति पल्टा खायो भने मल भरनिे बन्छ, जसरी अबिर दलिने नेता कालोमोसो दलिने बन्छन् ।

सिम्ले साइँलो

  • by

यस वर्ष परेको साउने झरीले सातो-दस दिनदेखि काठमाडौँलाई आक्रान्त पारेको थियो । रातदिनको पानी, हिलो र पत्रिकाको कामको चाप सबै मिलेर मनलाई त्यसैत्यसै दिक्दार बनाएका थिए । पत्रिकामा सम्पादकीय टीमबीच एकरात कतै रमाइलोमा बिताउने निधो भयो । म ठमेलको रात्रिजीवनको अनुभव लिने सुरमा थिएँ । तर, सम्पादकले भ्यालीबाहिर कतै जान जोड गरे । मालिक र सम्पादक दुवैका रूपमा हाम्रो सार्वभौमसत्ता उनमा निहित हुने नै भयो, त्यसैले उनको इच्छा बलशाली सावित भयो । साँझ नपर्दै पत्रिकाको गाडीमा हामी नागढुङ्गाबाट बाहिरयिाँै ।