नेपाल साप्ताहिक
स्वास्नी हुन नसकेकी प्रेमिका
नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो धुलौटे सडकबाट अँध्यारो भागेजस्तै उसको आवाजसँगै मेरा धेरै तन्द्रा एकैचोटि भागे । सोचेँ, “म को हुँ ? को हो जमुना ? को हो यो पुरुष ? उसले खोजेकी जमुना मै हुँ ?”
कार्नेसन, धूवाँ र तिम्रो झझल्को
साझ अबेर बितिसकेको छ । पिनाज मसानी र अविदा परविन सुनिरहेको छु । र, तिम्रो झझल्को आखामा टासिएको छ ।
सहरको लामो सडक त्यसैगरी तन्किरहेको छ । तर, गाउमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन । सहरका पुलहरू पनि मक्किसकेका छन् । भाच्चिने सम्भावना धेरै छ । सहर कोलाहलमय छ र निर्जन छ । चिनिएका अनुहार कोही छैनन् । सबैमा तिम्रो अनुहार ठम्याउन खोज्छु । पाउदिन । सडकछेउका खिरिला रूखका मसिना झिक्रामा बेतोडले कुद्ने गाडीको धूवाको कालो पोतिएको छ र ती निहुरिएका छन् सडकमा र्झन । म पनि त निहुरिएको छु अब † सीधा छैन म यहा“ ।
शब्द
छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो देखाउँछु । बोल्दैन । अँध्यारो देखाउँछु । बोल्दैन । दूध देखाउँछु । बोल्दैन । भात देखाउँछु । बोल्दैन । सर्प देखाउँछु । बोल्दैन । उसको लाटोपनले म दिक्क भएको छु । उसको क्षय भएको बालशक्तिले गर्दा मेरी श्रीमती दिक्क भएकी छे ।
कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन
उपर्युक्त वाक्यांशको जालोमा ऊ यतिबेला परिरहेको थियो । निर्णय गर्न सक्यो वा सकेन, यो पछिको कुरा । यतिबेला केवल सोच्नु र पूरा गर्नुको अर्थले रुघाले पार्ने ग्रस्तझैँ ऊ भएको थियो ।
अगाडि लथालिङ्ग कपडाहरू थिए, जसले घर अभ्यस्त र बिग्रेको सङ्केत गर्दथे भने काखमा चारमहिने छोरी उँउँ गर्दै गुनासो गरेर सम्भवतः भोक लागेको वा अप्ठ्यारो परेको सङ्केतध्वनि उमार्दै थिई । यसबाट ऊ पूरापूर पारिवारिक हुनुको अर्थ निष्पत्ति हुन्थ्यो ।
काल्पनिक संवाद
कमान्डर उसको सामुन्नेमा थियो । त्यसैले फौजी शैलीमा सलाम ठोक्यो । उसले टाउको मात्र हल्लायो ।
“तिमी हो अहिलेको कमान्डर -” उसले प्रश्न गर्यो ।
“हजुर सर †” त्यसले जवाफ दियो । “तिमीहरू कति जना छौ यहा“ काम गर्ने -” उसले प्रश्न गर्यो ।
“१७ जना ।” कमान्डरले जवाफ दियो ।”तिमीहरूको काम के हो -” उसले प्रश्न गर्यो ।
“यो अफिसको सुरक्षा गर्ने ।” कमान्डरले जवाफ दियो । “तिमीहरूले पटक्कै गरेका छैनौ । तिमीहरू तलब मात्र खान्छौ ।” उसले भन्यो ।
“त्यो त होइन हजुर †” कमान्डरले भन्यो । “किन होइन – यो अफिसको दोहोरो सुरक्षा घेरा थियो । त्यो एउटा सुरक्षाको घेरालाई बल पुर्याउन अर्को सुरक्षा घेरा । पहिले का“डेतार चारैतिर थियो । त्यसलाई बल पुर्याउन विशाल ढुङ्गाको पर्खाल । यो कुरा तिमीलाई थाहा छ कि छैन -” उसले प्रश्न गर्यो ।
हाम्रो आन्दोलन जारी छ …!
ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी त्यता लाग्यौँ । केही दिनअघि मात्र आएको मुसलधारे वषर्ाले बाटो बिगि्रएकाले गाडी चल्न नसक्दा लहानबाट करबि तीन घन्टाको पैदल यात्रापछि हामी त्यो गाउँमा पुगेका थियौँ । ‘मझौरा गाउँ कता पर्छ ?’ सोध्दै गाउँ पुगेपछि त्यो घरको खोजी गरएिको थियो । भित्री मधेसको प्रचण्डगर्मीले बाटैमा ढलिने हो कि झैँ भएको थियो । मेरो साथमा थिए सन्तोष र असीम त्यस क्षेत्रका सक्रिय पत्रकार । सुरुमा त लहानबाट त्यो गाउँसम्म जाने अनुमति नै दिएका थिएनन् साथीहरूले तर मेरो जिद्धीका कारण उनीहरूको केही चलेको थिएन ।
वधशालामा बुद्ध
उसलाई बन्दी बनाएर वधशालामा ल्याई पुर्याइयो, जहा“बाट ऊ हिजो मात्र भागेको थियो । उसलाई थाहा थियो, ऊ भाग्दाभाग्दै समातिएको खण्डमा क्रूरतापर्ूवक मारिन सक्छ । तर, यस खतराका बाबजुद ऊ वधशालाको बीभत्स र भयावह वातावरणवाट आफूलाई मुक्त गर्दै खुला आकाशको खोजीमा निरुद्देश्य हान्निएको थियो । दर्ुभाग्यवश ऊ भाग्दाभाग्दै समातिएको थियो । उसलाई पाता फर्काउ“दै वधशालामा ल्याई पुर्याइएको थियो, जहा“ उसले वषौर्ंैसम्म इमानदारीपर्ूवक कुशल वधिकको रूपमा आफ्नो सीप र कौशलको जादु प्रदर्शित गरेको थियो । ऊ वधशालामा वध गर्नका लागि ल्याइएका मान्छेमाथि लागेको अभियोग, तिनीहरूको रूपरङ्ग, जीउडाल र वर्गीय चरित्रबाट कसलाई कस्तो मृत्यु उपयुक्त हुन्छ भन्ने कुराको निर्ण्र्ााआफ“ै गथ्र्यो
शशि शाहको घोडा
सडकमा तीव्र वेगले अघि बढिरहेको जीवलाई मैले चिने“ । यो नेपालको प्रसिद्ध कलाकार शशि शाहको पेन्टिङ्को घोडा थियो । छिमेकी देश हिन्दुस्तानका बूढा चित्रकार मकबुल फीदा हुसैनको घोडाजस्तो लागेको थियो । तर, होइन, शशि शाहकै घोडा थियो । चित्रबाट निस्केर एक्कासि दगर्ुन थालेको देखेर मलाई विश्वास गर्न गाह्रो भयो । तर, आ“खाअघिल्तिरको यथार्थलाई कसरी अस्वीकार गर्न सकिन्छ – म शशि शाहको पेन्टिङ्को प्रशंसक हु“ । यसो ता मलाई यसको त्यति जानकारी छैन । जे होस्, फुटपाथबाटै कराएर मैले अभिवादन गरे“, “जयनेपाल घोडाज्यू ।”
