Skip to content

नेपाल साप्ताहिक

कता जाँदैछ आधुनिक गीत

मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी पर््रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले लोकगीत गाउँथे । मा. मित्रसेनका केही गीत मैले त्यतिबेलै सुनेको थिएँ । तर त्यस्ता गीतलाई सम्भ्रान्त शहरियाहरूले हल्का रूपमा लिने गर्थे । सात सालमा प्रजातन्त्र रेडियोबाट रानुदेवीका गीत सुन्न पाइयो । सेतुराम, मेल्वादेवी, उस्ताद साहिँला, मिस प्रभाका गीत धेरैपछि काठमाडौँमा सुनेको हुँ । धर्मराज थापाले ठाउँठाउँमा गाएर लोकगीतको लहर ल्याएपछि नै शहरिया समाजमा लोकशैलीका गीतले प्रतिष्ठा पाउन थालेका हुन् ।

बन्दुक र कविता

  • by

आज राती अर्धन्रि्रँमा
म निदाएको बेला
अचानक मदनमणि माड्साबकी
‘माधवी’ आई
अनि भनी,
“ओई, कृष्णे उठ् त उठ्
देश दुखाइलाई भावनाले छेक
हत्या-हिंसाका बारेमा
कमसेकम एउटा कविता त लेख”

माप चिडियाखाना

सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको थियो । ऊ एक खप्पिस अनुसन्धानकर्मी पर्यटक थियो । उसका पछाडि थियो होचो कदको नेपाली गाइड । बौद्धिक गाइडकर्ममा ऊ पनि कम निपुण थिएन । ज्ञानपिपासु पर्यटक नयाँ नेपालको नवीन यथार्थको अवलोकन गर्न आतुर थियो । उता गाइडचाहिँ चतुर गोराका गहन प्रश्नहरूको सटीक उत्तर दिन सकुँला कि नसकुँला भनेर चिन्तातुर थियो ।

छिमेकीको छाता र छाडा छोराहरू

पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहाँ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नयाँ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिएँ । मैले उसलाई ‘हवस्’ त भनेँ तर त्यसपछि भने मलाई चिन्ताले गाँज्न थाल्यो । आफ्नो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिएँ र मेरो घर थियो ।

थुप्तेन ग्याछो

  • by

ऊ अर्थात् थुप्तेन ग्याछो आफ्ना साथीहरूसँगै गुम्बाको प्रार्थना कोठामा प्रार्थनाको मुद्रामा बस्यो । उसको ठीकअगाडि खेम्पो -गुरु थिए । उनको रातो कपडाले ढाकिएको शरीर र नाङ्गो मुडुलो टाउकोतिर दृष्टिपात गर्दै ऊ प्रार्थनाका शब्दहरू स्मरण गररिहेको थियो । खेम्पोले ढावा -बालक भिक्षुहरूतर्फ हेर्दै आफ्नाअगाडि राखिएको ‘पेचा’ -पुस्तकको पहिलो पृष्ठ पल्टाए ।

नाङ्गो रूख

  • by

त्यो केको रूख हो कसैलाई पनि थाहा छैन । तर यो सबैले देख्छन् यो सधैं नाङ्गो छ । हिउंद, वर्षा कुनै-कुनै याम यसमा पालुवा लागेको देखेको छैन कसैले । म बिहान सबेरै उठेर पूर्वपट्टीको झयालमा उभिदा मेरा आंखा सबभन्दा पहिले यसैको नाङ्गोपनामा पर्छन् । यसको सम्पुर्णा नाङ्गोपनाले मेरो भित्र एउटा अनौठो भावना जन्माइदिन्छ ।

एउटा मान्छे फोसामा

  • by

घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन । यस कालले तानेपछि मान्छेको केही सीप चल्दैन भन्ने स्थापनाका लागि एउटा सहायक तथ्य मात्र हुनसक्थ्यो । तर, मृतक जसरी मर्‍यो, आज देशभरि, अरूतिर पनि त्यसरी नै मरिरहेका छन् र त्यसमा कसले के गर्नसक्छ भन्ने प्रश्न अझ चर्को गरी सबैका मनमा आयो । सरकार भन्ने निकायको समष्टिगत अर्थ क्षय भएको मात्रै होइन, गायबै भइसकेको भयावह समय थियो यो ।

समृद्धि

  • by

ऊसित एक्कासि भेट भएको थियो । एक्कासि नै भन्नुपर्छ । ५० वर्षपछि । यसलाई के भन्नू ?

५० वर्षअघि हामी कतिपटक एउटै थालमा खान्थ्याँै । स्कुलमा एउटै बेन्चमा बस्थ्यौँ । त्यसरी क्लास चलिरहँदा पनि खासखुस गर्न सजिलो हुन्थ्यो । कहिलेकाहीँ हाँसेकोमा मास्टरले कान बेस्सरी घुमाइदिन्थ्यो, घडीमा दम दिएजस्तै । डिजिटल घडीको जमाना आएको थिएन । ऊ मभन्दा पढ्नमा तीक्ष्ण थियो । तैपनि मसित पछिल्लो बेन्चमा बस्थ्यो । म जतिसक्यो पछिल्तिर बस्न रुचाउँथेँ, रहर होइन, बाध्यता भनेजस्तै । पछिल्तिर बस्दा मास्टरको सामना गर्नु नपर्ला भन्ने भ्रमले ।

सहर, स्वास्नी र सुलसुले

  • by

घाँटी हेरेर हाड निल्नुपर्छ । अरू घोडा चढे भनेर आफू धुरी चढेर हुन्छ ?” कराइरहन्छे स्वास्नी । ऊ स्वास्नी हो, त्यसैले पनि कराइरहन्छे । अर्थात्, कराउँछे त्यसैले ऊ स्वास्नी हो ।
“होइन, किन यसरी कानमा तेल हालेर बसेको होला ? कत्ति पनि चिन्ता छैन है तपाईंलाई ! जिम्मेवारी र कर्तव्यबोधचाहिँ कहिले हुन्छ हँ तपाईंलाई !” लाग्छ कि उसले नै कर्तव्य र जिम्मेवारी बहनको ठेक्का लिएकी छ । “अर्काको विश्वास नगर्नु भन्यो मान्ने भए पो ?” भुतभताउँदै आई । चिया टेबलमा राखिदिई अनि किचनतिर लागी ।

सडकबासी

  • by

“यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!”

पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि दुई साता उसले पाँच महिनाको भाडाबापत घरबेटीलाई तिर्नुपर्ने पाँच हजार रुपियाँ सापटी खोज्दाखोज्दै बितेको थियो र ती पाँच दिन कति छिट्टै बिते उसलाई पत्तै भएन ।

खुसीले पागल भइरहेछु म

  • by

खुसीले पागल भइरहेछु म
त्यसै त्यसै आह्लादित भइरहेछु म
आजको यो अनमोल दिनलाई
यो बहुमूल्य, दुर्लभ दिनलाई
कसरी मनाउने ? कसरी मनाउने ??

अमेरिका

  • by

अवतरणको क्रममा विमानले काठमाडा“ै उपत्यकावरिपरि फन्को मार्दा मैले विमानबाटै र्ससर्ती काठमाडा“ैलाई हर्ेर्ने अवसर पाए । अमेरिकाबाट हिड्दा मलाई लागेको थियो, म कुनै असभ्य र आदिमानवहरूको बस्तीमा जादैछु । माटाका घरहरू होलान्, धूलो उड्ने सडकहरू होलान् । यस्तै सोचेको थिए मैले । वास्तवमा नेपालको कुनै सुकिलो छवि थिएन मेरो मस्तिष्कमा । यद्यपि वासिङ्टनमा मैले नेपालसम्बन्धी एउटा वृत्तचित्र हेरेको थिए । तर, त्यो हिमाल आरोहणसम्बन्धी वृत्तचित्र थियो । केही वर्षघि हनी हन्टर पनि हेरेको थिए । ओस्कारमा ‘नोमिनेट’ भएपछि क्याराभान पनि हेरेको थिए । र, ती सबै हेरेपछि मैले नेपाललाई यसरी नै बुझेको थिए- असभ्य, आदिम, अशिक्षित, गरिब र भोको । हरेक समय अनुदान पर्खिरहेको एउटा निर्धन देश ।

भीडमा एक्लो मान्छे

  • by

ओहो ! कति भीड ! कहाँबाट आउँछन् मान्छे पनि ! त्यो दिन भोटाहिटीबाट इन्द्रचोक छिचोल्ने बाटो हिँडिनसक्नु थियो । रिक्सा, साइकल, गाडी अनि त्यसमा बाटोका दुवै छेउछाउमा नाङ्ले पसल ! अफिस छुटेर घर फर्केकाहरूको भीड, असनमा तरकारी किन्न जानेको भीड, अन्नपूर्णको स्थानमा बत्ती बाल्न आउनेको भीड, कुनाको पसलवरिपरि त सुत्केरीनिम्ति क्वाटी-वासः किन्नेको भीड अनि फाट्टफुट्ट हूलमूल गर्दै आएका अल्लारे केटाहरूको भीड !

देशका नाममा

  • by

आस्थाको सुकिलो देवताजस्तो जनताको आ“खामा
अड्याएर सपनाको भरेङ
त्रि्रै केही नागरिकहरूले
माटोको मोलतोल गरिरहेको
तिमीले सुन्यौ देश –

नाटक-मञ्चनका पात्रहरू

  • by

कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ ।
ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । निस्क“दा हातमा फाइल थियो- फाइल व्यक्तिगत तथ्याङ्कको । यसको अर्थ हुन जान्थ्यो, ऊ कतै काम खोज्न जा“दै थियो अर्थात् ऊ बेरोजगार थियो । लोकतन्त्रमा पनि बेरोजगारी – भएन त लोकतान्त्रिक प्रश्न – किन त -प्रश्न उठ्न सक्ने सम्भावित परविेशलाई सेट गर्दै कारण र यथार्थको खोजी यसरी गरिन्छ, महोदय !