अग्लो त्यो पहाड चढे पो हुन्थ्यो
जे देख्छौ क्षितिजमा पढे पो हुन्थ्यो

आफ्नै र्सतमा तिमी बाँच्न त खोज्छौ –
दुनियासित पनि बरु लडे पो हुन्थ्यो

मञ्जुर थिएन यदि कसैको अन्ध अनुकरण
परिभाषा आफ्नै नयाँ गढे पो हुन्थ्यो

बिरालोको घाटीमा त्यो घण्टी बाध्ने-
को छ खोइ – अघि बढे पो हुन्थ्यो

ठेस लागे अचानक उठ्छौ कुन्नि कसरी
था’ पाउन कुनै दिन लडे पो हुन्थ्यो

नेपाल साप्ताहिक
अंक ११४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *