Skip to content

मधुपर्क २०६५ फागुन

नयाँ नेपाल

  • by

ऊ व्यावसायिक चोर थिएन । उसका बा-आमा थिएनन्, घर थिएन र उसको माग्ने आदत पनि थिएन । पठ्ठो युवा भएर पनि उसले काम पाएन किनकि उसले पढ्न पाएन । त्यसैले ऊ प्रेमी बन्न पनि पाएन ।

ट्राफिक जाम !

  • by

गाडीभित्र एक हातले डण्डी समाउँदै अर्को हातले फाइल च्यापेर ऊ असिनापसिना भइरहेछ । पलपल आˆनो नजर हातको घडीतर्फ फाल्दै हैरानीका साथ लामो सुस्केरा निकाल्छ ‘उफ् । यो गाडी कतिबेला गुड्ला ?’ उसको मनले प्रायः गर्ने मौन प्रश्न हो यो । गाडीलाई बस भन्न रुचाउँदैन ऊ । ऊ त त्यसलाई ‘उठ’ को संज्ञा दिन्छ । सधैँ उठेरै यात्रा गर्नुपर्ने, फेरि बस्नेहरूभन्दा उठ्नेहरूकै सङ्ख्या बढी Û यस्तै ‘उठ’ भित्र कोच्चिएर ऊ यात्रा गर्दै छ । ‘ट्राफिक जाम’ खुल्ला र समयमै अफिस पुगुँला भन्ने उसको आशा अब भने निराशा बनिसक्यो । दस बजेर पनि एक घण्टा बितिसक्यो । ‘अझै कतिबेर लाग्ने हो खै … ।’

टुहुरो केटो र पशु बोली

  • by

एउटा गाउँमा एक जना जिम्दारको घर थियो । त्यहाँ एक विधवा गरिब आइमाई काम गर्न बसेकी थिई । उसको एउटा सानो छोरा पनि त्यहीँ बस्थ्यो । आमा चाहिँ मालिकको घरमा गाईगोरूको मल सोर्ने, भाँडाकुँडा मोल्ने काम गर्थी । टुहुरो छोरो चाहिँ चौरमा गाई र गोरुहरू लगेर चराउँथ्यो ।

कथा नागार्जुन डाँडाको

  • by

सहिद रामनाथ क्याम्पस बनस्थलीको बैठक कक्षबाट हुत्तिएका मेरा आँखाहरू एक्कासि सामुन्नेको नागार्जुन डाँडामा ठोक्किन पुगेका छन् । खै, थाहा छैन आज किन अकस्मात् यो डाँडा यति सजीव भएर मलाई नै एकोहोरो हेरिरहेजस्तो लागिरहेछ । यस्तो लाग्दैछ मलाई, यो डाँडाले आफूभित्रका अनगिन्ती भावनाहरू साट्न खोज्दैछ मसँग । बैठक विभिन्न महìवपूर्ण विषयहरूको छलफलसँगै अगाडि बढिरहेको बेलामा म भने एकतमासले हराएको छु नाजार्गुनसँगै । मेरो एकोहोरिएको मनले अलिकति राहत पाएको महसुस गर्छ जब निकैबेरको हेराइपछि म नागार्जुन डाँडालाई स्नेही र सहनशील आमाजस्तै पाउँछु । हो मेरो हेराइ र मनमा पुरुष नाम धारण गरे पनि यो डाँडा एउटी धैर्य, सहनशील र कोमल हृदय भएकी आमाजस्तै छिन् ।

आधुनिक कथासर्जक मैनाली र कथादिवस

  • by

“आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ” अर्थात् कथाकार गुरूप्रसाद मैनालीको यी सुन्दर अभिव्यक्तिहरू आजभन्दा बहत्तर वर्ष पहिले नासो कथाको माध्यमद्वारा नेपाली समाज र साहित्यका पाठकसामु सार्वजनिक भएका हुन् । ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको हो ।

प्रजातान्त्रिक आन्दोलनको सन्दर्भ र वि.सं. २००७

  • by

आधुनिक नेपालको राजनीतिक इतिहासमा हत्या र हिंसाका थुप्रै घटनाहरू देखिन्छन् । खासगरी राजा प्रतापसिंह शाहको मृत्युपछि उनकी रानी राजेन्द्रलक्ष्मी तथा भाइ राजकुमार बहादुर शाहबीचको द्वन्द्वका कारण काजी सर्वजित रानाको हत्या हुन गएको हो । नेपालको दरबारिया राजनीतिमा सत्ता प्राप्तिका लागि यहीँदेखि थालनी भएको हत्या तथा हिंसाकै शृङ्खलास्वरूप बहादुर शाह, दामोदर पाँडे, शेरबहादुर शाही, रणबहादुर शाह, भीमसेन थापा, रणजङ पाँडे, माथवरसिंह थापा, गगनसिंह खवास, फत्तेजङ्ग शाह, अभिमानसिंह राना, दलभञ्जन पाँडेलगायतको अन्त्य भएको पाइन्छ ।

नेपाली छात्र परिषद्को ‘उकालो’

  • by

पत्रपत्रिकाको इतिहासमा विदेशबाट प्रकाशित पहिलो पत्रिकाको रूपमा युवककवि मोतीराम भट्टको सक्रियतामा वि. सं. १९४२-१९४८ सम्मको बीचको अवधिमा प्रकाशनमा आएको ‘गोर्खा भारत जीवन’ पत्रिकाको अस्तित्व फेला नपरे पनि प्रकाशनमा आएको थियो भन्ने कुराको सन्दर्भ विद्वान्हरूले उल्लेख गरेका छन् । प्रामाणिक रूपमा भन्नुपर्दा भने नेपालभित्रबाट प्रकाशित पहिलो पत्रिका ‘सुधा सागर’ -साउन, १९५५)लाई मानिन्छ । यस हिसाबले भन्नुपर्दा नेपालमा पत्रकारिताको इतिहास सुरु भएको एक सय दस वर्ष पूरा हुन आँट्यो । त्यसमा पनि पत्रकारिताको थालनी साहित्यिक पत्रिकाबाट भएको छ । नेपालको लागि यो गौरवको विषय बनेको छ ।