Skip to content

कस्तो फुरु फुरु परेको छ

  • by

बाहिर पूर्व रातो भइसकको थियो । लुनु सुत्ने कोठा नजिकै झ्यालमा आएर भँगेराहरू ‘ट्याउँ ! ट्याउँ ! च्याँ ! च्याँ ! चिरिरिरी !’ कराए ।
लुनुले आफू परीक्षामा प्रथम भएर शिक्षक साथीभाइ सबले आफूलाई फूल माला अबिर राताम्य लगाइदिएर अबिर जात्रा गरिरहेको सपना देखिरहेकी थिई ।
लुनुलाई कस्तो रमाइलो लागिरहेको थियो ! भित्रभित्र उसलाई गौरवको महसूस पनि भइराखेको थियो ।
तिनै भँगेराहरूका ‘ट्याउँ ! ट्याउँ ! च्याँ ! च्याँ ! चिरिरिरी !’ को आवाजले लुनु झल्याँस्स ब्यँुझिई ।
आँखा मिच्दै “ओ हो ! कस्तो मीठो राम्रो सपना देखिरहेको बेलामा यी भँगेराहरूले ‘ट्याउँ ! ट्याउँ ! च्याँ ! च्याँ ! चिरिरिरी !’ गरेर मलाई ब्युँझाइदिए । यो भँगेराहरू पनिÙ यिनलाई ! यिनलाई !” भन्दै लठ्ठी लिएर भँगेराहरूका पछाडि पछाडि दौडिई । लुनुको हातमा लठ्ठी देखेर भँगेराहरू भुर्र ! भुर्र ! उडेर पर घरको छानामाथि गएर बसे । भँगेराहरू सबै उडेर गएपछि लुनु घरभित्र पसी । लुनु भित्र पस्नासाथ भँगेराहरू फेरि भुरुरुरु उडेर त्यहीँ आएर बसे, कराउन थाले ।
एकछिन पछि त लुनु पनि रमाउन थाली । भँगेराहरू देखेर उसलाई असाध्यै रमाइलो लाग्न थाल्यो । ‘तिनको स्वभाव कस्तो होला ?
हेर न ! फुरुफुरु गरेको छ, नाचेको छ भुर्र ! भुर्र ! उडेको छ ।’ लुनु झन् दङ्ग परी ।
अनि लुनुले आफू परीक्षामा प्रथम भएको, शिक्षक साथीभाइ सबले “ल ! बधाई छ ! तिमीलाई ! राम्रो काम गर्‍यौ । विद्याथी भएर यसरी पढ्नुपर्छ, स्याबास !” भनेको कुरा अनि फूलमाला अबिर लगाइदिएका चित्र उसका मनमा आउन थाले, सम्झन थाली ।
“साँच्चै विपनामा पनि परीक्षामा प्रथम हुन सकेँ भने त सबैले यसरी नै मलाई अबिर जात्रा गरिहाल्छन् नि ! त्यो फूलमाला लगाएर अबिर जात्रा गर्दा कस्तो रमाइलो लाग्दो रहेछ ! भित्र-भित्र मनमा पनि कस्तो गर्व लाग्दो रहेछ ! साँच्चिकै त्यसरी नै पहिला हुनसक्यो भने त रमाइलो र भित्र मनमा पनि गर्व लाग्ने थियो होला ।” लुनु सोच्न थाली- “त्यो दिन आफूलाई कस्तो रमाइलो र गर्व लागेको थियो । आफू ठूलो भएको देख्दा सबैलाई रमाइलो र गर्व लाग्दोरहेछ ।”
“सपनामा त सधैँ मलाई ‘यसले पढिन’ भनेर गाली गर्ने गुरुहरूले पनि अबिर जात्रा गर्नुभएको ? कस्तो माया गरेको ? सबैले कस्तो मानेको ? स्याबास ! भनेको साँच्चै म पढेर प्रथम हुनसकेँ भने त सबैले यसरी मान्दा रहेछन् ।” उसका मनमा आइरहृयो ।
भोलिदेखि भँगेराहरू झ्यालमा आएर ‘ट्याउँ ! ट्याउँ ! च्याँ ! च्याँ ! चिरिरिरी !’ गरे कि उठेर लुनु पढ्न थाली ।
बेला बेलामा पढ्दै आफ्नो किताब हेर्दै गरेकी लुनुलाई भँगेराहरूको ‘ट्याउँ ! ट्याउँ ! च्या च्याँ ! चिरिरिरी !’ असाध्यै रमाइलो लाग्न थाल्यो । ती भँगेराहरूलाई हेर्दै पढ्दै गर्न थाली ।
बेला बेलामा उसलाई लाग्थ्यो- “ओहो ! हेर न ! यी भँगेराहरू कति चलाख छन् ? कति फुर्तिला छन् हेर त ! कस्तो छिटो-छिटो भुर्र ! भुर्र ! गरेका यिनलाई जाडो गर्मी केही हुँदैन सधैँ एकनास छन् । पूर्व रातो भयो कि बाहिर निस्किएर भुर्र ! भुर्र गरिहाल्छन् ।”
“हेर त ! यिनले सधैँ आफ्नो जीवन कस्तो रमाइलोसँग बिताएका छन् ? यिनलाई कहिल्यै भोक प्यास निद्रा थकाइ लागे जस्तो देखिँदैन । जहिले देख्दा पनि रमाइरहेकै देख्दा यिनीहरूको फुर्ती त्यत्तिकै छन् । जहिले पनि रमाइरहेका देखिन्छन् यिनीहरू झोक्राएर र लवस्तरो भएर कहिल्यै बसेका देखिँदैनन् । हामी विद्यार्थीले यस्ताको सिको गर्नुपर्दछ । हामीले यस्ताको सिको गरेर परिआएमा काम गर्दै गयौँ भने अवश्य पनि हामी समाजमा कोहीभन्दा कम भएर बस्नु पर्दैन । हामी समाजमा खुसी भएर जिउनका लागि यस्ता कार्यको सिको गर्नै पर्दछ ।”
“समाजमा बसेर पनि हामीले यस्ता कार्यको सिको गरेनौँ भने, यस्ता कार्यको सिको गर्न सकेनाँै भन्ो अवश्य पनि हाम्रो जीवन सुखी हुन सक्ने छैन ।” लुनुले यस्तो कुरा मनमा लिँदै गई, विचार गर्दै गई ।
त्यसपछिका दिनहरू लुनु साँच्चिकै फेरिई । कहाँ अल्छी लुनु, कहाँ फुर्तिली लुनु । कहाँ अबेरसम्म सुत्नुपर्ने लुनु, कहाँ छिट्टै उठेर लेखपढ गर्ने, आफूले सकेको काममा बाबुआमालाई सघाउने लुनु ! बाबुआमा मात्र होइन स्कुलमा शिक्षिका-शिक्षक पनि छक्कै परे तर सबै खुसी नै भए । किनभने लुनुले सही बाटो समातेकी थिई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *