Skip to content

रामविक्रम थापा

पहिलो रचना पुनर्जन्मको त्यो क्षण !

“आजभोलि बालकमा पढ्नु,लेख्नु गर्नु छ
भविष्यमा गएर देशको विकास गर्नु छ,…………”

२०३४ सालमा आठ वर्षको म तीन कक्षामा पढ्थेँ । रेडियो नेपालको बाल कार्यक्रममा प्रथम पटक आफ्नो बाल कविता प्रशारण भएको सुन्न पाउँदा हर्षले उफ्रेको थिएँ म । पल्ला घरको फिलिप्स(इन्डियन) रेडियोले कार्यक्रम सञ्चालकको स्वरमा आफ्नो कविता सुनाउँदा असीम खुसीले झण्डै पागल भएको थिएँ म । सुन्नेहरूले बधाइ दिँदा अँझ थप उर्जा प्राप्त भएथ्यो । मुलुकको एक मात्र प्रशारण संस्था, रेडियो नेपालबाट त्यो बालापनमा आफ्नो नाम आउँनु चानचुने कुरै थिएन ।खुसीको बहारले भोक र निद्रा दूर भएका थिए मबाट । साहित्यिक यात्रामा प्रथम उत्प्रेरणा थियो त्यो क्षण मलाई ।

असङ्गत शैक्षिक विकृतिहरू

‘सानालाई ऐन, ठूलालाई चैन’—भुक्तभोगीहरूले उखान त्यत्तिकै बनाएका होइनन् । शक्तिशाली र पहुँचवालाहरूले जे गर्दा पनि हुने, निर्धा र दुर्बलहरूले केही गर्दा पनि नहुने । सम्भव र अपेक्षित कार्यहरू केही नहुने,असम्भव र अनपेक्षित कार्यहरू भटाभट हुने । ऐन,कानून,विधान,विधि र प्रकृयाहरू हातीका देखाउने दाँत मात्र भएको कोक्याइलो र निरीह अवस्था । न्याय र समानताका कुराहरू पुस्तकभित्रका अक्षरहरूमा मात्र सीमित ।

त्यो बेलाको पत्रमित्रता

त्यो बेला (३५वर्षपूर्व) आजको जस्तो सञ्चारको सुविधा थिएन । मोबाइलको त के कुरा टेलिफोन (सेट) पनि सदरमुकामको दूर सञ्चार (हालको टेलिकम)मा मात्र थियो । अति जरूरी पर्दा मात्र अक्षरगन्तीले पैसा तिरेर आकाशवाणी गर्नु पर्थ्यो । फेसबुक, इमेल र इन्टर्नेटको कुरा त सपनामा पनि सोचिएकै थिएन । सञ्चार माध्यमको एक मात्र सहारा हुलाक नै थियो । हुलाकबाटै चिठी र पत्रपत्रिकाहरू आदानप्रदान हुन्थे । दूरीका आधारमा हुलाकबाट चिठी पुग्न स्वदेशमै पनि १५ दिनदेखि एक महिनासम्म लाग्ने गर्थ्यो । यो कुरा आजका भाइ–बैनीहरूलाई एकादेशको, उहिलेको कथा जस्तो लाग्ला ! तर यो हाम्रै देशको कथा मात्र होइन, यथार्थ कुरा हो ।

लेखापालको मन

हजुरबा लेखापाल र उसको बाबु पनि लेखापाल । लोक सेवा आयोगको परीक्षा पास गरेर पैतृक पेशामा प्रवेश गरेको ऊ पनि तेस्रो पुस्ताको आधुनिक लेखापाल । खोजी गरेन र हेरेन पनि उसले । काकाले खोजेकी र उनैले हेरेकी (रोजेकी) केटीसित विवाह गर्यो लेखापालले । अर्कैले छापिदिएको विवाहको निमन्त्रणा–कार्ड पनि हेर्न नभ्याउँदा नवविवाहित पत्नीको नामसम्म थाहा भएन उसलाई ।

प्राकृतिक पीडातङ्क

भत्किएर खण्डहर सपनाहरू
थन्किएर योजनाका अलपत्र फाइलहरू
किंकर्तव्यविमूढ दोबाटोको यात्री
बस्ने बासको उठीबास भएको बेला
हिँड्ने बाटो भत्किएको यो क्षण
ज्ञान र विज्ञानको पहुँच बाहिर
विजुली चम्काइकै सारमा

भूकम्पातङ्क

‘आयो—आयो’ वचन सुनियो काल जस्तै करायो
सारा मान्छे तन र मनमा त्रासदीले डरायो
आतङ्कैको विरह भविता गर्जना गीत गायो
होशै गुम्यो उथलपुथलै, शत्रु भूकम्प आयो

भूइँचाल आयो

अथाह मान्छे धरती कमायो
विपत्ति यस्तो कसले पठायो
विनाशकारी, घर थर्थरायो
बहत्तरैमा भुइँचाल आयो

बिहाल सारा जन—जिन्दगीको
विज्ञान अन्धो अनविज्ञ जो भो
चिहान आफ्नै घर भो र खायो
भएर धामी भुइँचाल आयो

असारे विकास

दुर्गम जिल्लाको एउटा विकट गाउँ । यही विकट गाउँको अकर पहरो फोरेर बाटो खन्ने र मोटर गुडाउँने जनचाहना । वडा नागरिक मञ्च हुँदै गाउँ परिषद्बाट सडक निर्माणको योजना पारित् । इलाका स्तरीय योजना तर्जुमा गोष्ठीबाट पास भएर जिल्ला परिषद्बाट पनि पारित् । जिल्लाबाट मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगको रातो किताबभित्र उक्त सडक निर्माण योजना ।

सुनमा त्यस्तो के छ हँ ? सुनमाया !

तृष्णाको सर्वोच्च सगरमाथा वा भ्रमित आकाश
चुम्बकले फलाम तानेझैँ सुनाकर्षण
सुगन्ध न त फूलको बासना
न आङ ढाक्छ न त पेट भर्छ
न लाज छोप्छ न त भोक मर्छ
भोकको औषधी त भात नै होइन र ?

सुलोचना कथासङ्ग्रह: यथार्थवादी सामाजिक कथाहरू

पद्यका कविता, गीत, गजलभन्दा गद्याख्यान विधाका कथा र उपन्यासको बोलवाला चलिरहेको वर्तमान साहित्यिक सन्दर्भमा पाठकीय माग बमोजिम नै लेखकहरू कथा सिर्जनामा आकृष्ट भइरहेछन् । कविता भन्नासाथ नाक खुम्च्याउने प्रकाशकहरू पनि कथाका किताबहरू भने टपक्कै टिपेर थपक्कै छापिरहेछन् । उपभोक्तावादी, व्यवसायिक दृष्टिले बजार भएरै लेखक र प्रकाशक कथातिर यसरी एकोहोरिएका होलान् ! नेपाली कथा प्रकाशनको क्रममा अर्को कथासङ्ग्रह थपिएको छ —सुलोचना । बेलवारी—४, मोरङका कथाशिल्पी केशु विरहीको ‘सुलोचना’ भित्र जम्मा १५ थान कथाहरू सङ्गृहित छन् ।

तलब वृद्धिको तनाव

“बुबा ! अब त मलाई एउटा दामी मोबाइल किनिदिनु पर्छ नि !” छोरीको वाक्य पूरा नहुँदै छोरो बम्कियो-“मलाई पनि अब त मोटरसाइकल किनिदिनु पर्यो, कत्ति यो थोत्रो साइकल चढ्नु ?” पालो अब पत्नीको आयो, उनी पनि के कम-“यसपटक भने मेरो पनि खाली गला सिक्रीले भरिने भो !”

अर्थमन्त्रीको बजेट भाषण टेलिभिजनमा सुन्दासुन्दै परिवारका सदस्यहरूले आ-आफ्ना मागपत्र भटाभट तेस्र्याए । हँसिलो मुहारको सहकर्मी शिक्षक मित्र पल्लो घरबाट आएर हतारिंदै बोल्यो-“बजेट भाषण सुन्नुभो सर ? हाम्रो तलब दश प्रतिशत बढ्यो नि ! ”

एसएलसी परीक्षा : शिक्षक कि विद्यार्थीको ?

फलामे ढोका अर्थात् आइरन गेट । पहिलेको मेट्रिक र अहिलेको एसएलसी । दशवर्षको अभ्यासपछि विद्यार्थीले नाघ्नु पर्ने एउटा अग्लो पर्खाल—ग्रेटवाल ।पहिले माघमा र अहिले चैतमा लाग्ने एकहप्ते वार्षिक मेला । शहरतिरको कुरा त के छ ! गाउँतिरका परीक्षा केन्द्रहरूमा भने ठूलै भीडको वार्षिकोत्सव ! नआउँने को होला यहाँ ? परीक्षार्थीको ठ्याक्कै दोब्बर संख्याका अभिभावकहरू, भएभरका स्थानीय नेताहरू, स्थानीय जुल्फे र मुन्द्रेहरू । शिक्षक र प्र.अ.हरू पनि हुलका हुल—पालो गरी गरी । गणितको दिन त निमाविदेखि उमाविसम्मका तीन—तीनजना गणित शिक्षकहरू ।

विभेद : शिक्षक र कर्मचारीमा आलेख

गाह्रो छ विश्वास गर्न अहिले —के जमाना त्यस्तो पनि थियो र ? ब्रम्हा, विष्णु र महेश्वर तीनै देवता गुरू नै थिए । बाजेका पालाका त्यस्ता “गुरू” आज हाम्रा पालामा पातलिँदै र खिइँदै गएर यस्ता “शिक्षक”मा रूपान्तरण भएका छन् । अमूल्य ज्ञानदाता र सर्वपूज्य त्यस्ता “गुरू” किन आज यस्ता निरीह र अदना “शिक्षक” भए ?डाक्टर, इञ्जिनियर र पाइलट बनाउँने शिक्षक । हाकिम, प्रशासक, सचिव र मुख्य सचिव बनाउँने पनि शिक्षक ।यस्तै—नेता, सभासद्, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बनाउँने पनि शिक्षक । यो संसारको कुनचाहिँ महामानव शिक्षकको निर्माणबाट अछुतो रहेको छ र ? खोलो तर्यो, लौरो बिस्र्यो : हाम्रो संस्कार । नदी तारिदिने माझीलाई बिर्सने नेपाली मानसिकता !

बुढेसकालमा क्याम्पस पढ्दा

पहिले जागिर अनुसारको पढाइ हुँदैनथ्यो । अहिले पढाइ अनुसारको जागिर हुँदैन । अर्थात् पहिले जागिर सस्तो र पढाइ महङ्गो थियो भने अहिले ठिक विपरित छ । पहिले मेट्रिक गर्ने विद्घान कहलिन्थ्यो भने अहिले स्नातकोत्तर डिग्री गर्नेको कुनै भाउ छैन, कसैले गन्दैन ।

५-६ पटक भर्ना हुँदै छाड्दै गरेको मैले त्यत्तिकै होइन । विएस्सी/विएड गरेर खरिदारस्तरको जागिर खाँदो म बबुरोलाई किन चाहियो स्नातकोत्तर डिग्री ? शाखा अधिकृत सरहको मा.वि. शिक्षक भएपछि भने मलाई स्नातकोत्तरको प्रमाणपत्र चाहियो । बढुवा हुनका अतिरिक्त उच्च मा.वि.का ११ र १२ कक्षा पढाउँन पनि मैले स्नातकोत्तर गर्नैपर्नै भयो । फेरि, समयको माग-“आजको जमानामा डिग्री नगर्ने मान्छे पनि के मान्छे ?”

मोफसल र काठमाडौं

तिमी नमस्कार गर्छौ
र त उसले
तिमीलाई खुट्टा ढोगाउँछ
तिमी मलिबाँस बन्छौ
र त राजधानीले
तिमीलाई सजिलै नुहाउछ
तिमी घोडा बन्छौ
र तऊ घोडचढी बन्छ

भुसभित्र, भित्र-भित्रै आगो सल्किएछ

भुसभित्र, भित्र-भित्रै आगो सल्किएछ
तातो खोले, ल्याप्प—ल्याप्प छाउरो पल्किएछ

विज्ञानको घर्षणले आगो पार्ने कला
ठ्याक्क—ठ्याक्क चकमकले झुलो सल्किएछ

त्रिकालदर्शी कथाकार कृष्णश्रीका कथाहरू

विकट पहाडी जिल्ला खोटाङको पनि एउटा दुर्गम गाउँ इन्द्राणीपोखरी । अर्थात् मोफसलको पनि मोफसलमा बसेर सिर्जनारत उत्साही युवा सर्जक–कृष्णश्री राई । यिनै कृष्णगर्तका कृष्णश्री राईको नवीनतम कथासंग्रह (तेस्रो कृति सायद) बौलाही आमा र सुनौला मुस्कानहरू । विद्यालय र क्याम्पसमा अंग्रेजी पढाउँने एउटा शिक्षक–यो भन्दापर अन्य कुरा अज्ञात (पर्दाभित्रै) रहेको साहित्यिक प्रतिभा । चिच्याई, चिच्याई विज्ञापन गर्ने जमानामा आफ्नो जीवनवृत्तसमेत लुकाउँने–एउटा अतिरिक्त मान्छे । ३८० पृष्ठको ओजिलो कृतिमा आफ्नो नामबाहेक अरु सबै विवरण ओझेलमा राख्ने निस्वार्थी कथाकार कृष्णश्री राई । नामभन्दा काममा विश्वास गर्ने कर्मयोगी हस्ताक्षर ।

हिम्मतलाल

हाकिम गोष्ठीमा गएकाले कर्मचारीहरू काममा व्यस्त हुनुको सट्टा बाहिर घाम ताप्न मस्त छन् । हुन पनि पुस महिनाको जाडोको घाम ताप्न छाडेर कसले काम गरोस् ? काम त भोलि गर्दा पनि हुन्छ, यस्तो पारिलो घामको आगमन भोलि नहुन पनि सक्छ ।

“हाम्रो हिम्मतलाल सुब्बासाबले कसरी त्यत्रो घर किन्नु भो ? जागिर खाएको पाँचैवर्षमा राजधानीको मुटुमा पाँच करोडको घर ! पाँच वर्षपूर्व किनेको घडेरीमा हाकिमसाबले त अँझै घर बनाउन सक्नुभएको छैन। मान्नु पर्छ, हाम्रो हिम्मतलाल सब्बासाबलाई ।”