रत्नपार्कसँगै रहेको रानीपोखरी सबैले देखेका छन् । प्रतिवर्ष भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले त्यहाँभित्र रहेको मन्दिरमा गएर तेल हाल्ने चलन छ ।
भाषाले एकअर्काको मनोभाव र आवश्यकतातर्फ सङ्केत गर्दछ । ध्वनि, शब्द र भावको सम्मिश्रणबाट भाषाको निर्माण हुन्छ । भाषाको प्रष्फुटन प्राणी जीवनमा जन्मदेखि नै उच्चारण हुन थाल्छ र विस्तारैबिस्तार विकासको उपयोगितामा परिवर्तित भई संसारसामु सुखद चिनारी बनाउन सफल सिद्ध हुन्छ ।
विलियम शेक्सपियरको जन्मथलो पुगेर गर्व गर्छौं हामी । प्रेमचन्दको गाउँ पुगेको अनुभूति पनि मजैले सुनाउँछौँ । देश विदेश घुम्दा स्रष्टाको जन्मथलो पुगेको संस्मरण सुनाएर रोमाञ्चित हुने हामीमध्ये धेरै कमले मात्र भानु जन्मथलोमा पाइला टेकेको अनुभूति रामेाञ्चक पाराले बताएका होलाउँ ।
बल्खु खोलाको पुल रहेछ जीवन जसमा कहिले हलुका साइकल सवार हुन्छ त कहिले भारी सामान लादिएका ट्रकहरू गुड्छन् । बल्खुको पुललाई तीन दशकदेखि र जीवनरूपी खोलाको पुललाई पाँच दशकदेखि नियालिरहेकी छु ।
चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।
“शुभ सन्ध्या,भद्र महिला आर भद्र लोक”, श्रुतिमधुर बाङ्लाभाषामा ओइक्को पब्लिकेशन्सका अध्यक्ष जाँगरिला युवा कवि सलाहुद्दीन खान कुटुले उपस्थित सम्पूर्ण अतिथिहरूको अभिवादन गरेर औपचारिक कार्यक्रमको सुरूवात गरे ।
जतिखेर संविधान सभाको चुनाव हुँदैथियो एउटा चिन्ताले ग्रस्त बनाएको थियो । चिन्ता के थियो भने हरेक जात, सम्प्रदाय, वर्ग तह, तप्का, व्यवसाय, पेशा, स्वजीवी, परजीवी आदिहरूले सभाको सदस्यमा उठ्न राजनीतिक पार्टीका तर्फबाट अवसर पाए कि पाएनन् ।
जैसी देवलको इतिहास गोरखापत्रसँग पनि जोडिएको छ । जैसीदेवल सबैले देखेका छन् । काठमाडौँ मरूटोलबाट केही पर गएपछि जैसीदेल आउँछ । अग्लो हुनाले पनि त्यो प्रसिद्ध छ ।
उहिलेको काठमाण्डू । त्यसमाथि मीन पचास अर्थात् माछालाईसुद्ध जाडो हुने पुस-माघका पचास दिन । बगेको ढुङ्गे धारो बिहानी ठिहीमा ट्याक्कै जम्थ्यो रे । जमेको धारो लौरो बन्थ्यो रे । त्यही लौरो टक्टक् टेकेर फट््फट् हिँड्थे रे मान्छे उहिले ।
दक्षिणी नेपाल र उत्तरी भारतमा भाषा तथा साहित्यको क्षेत्रमा ठूलो सफलता पाउने भिखारी ठाकुर । अज्ञानता, अशिक्षा, सामाजिक कुरीति र अंधविश्वासको जञ्जीरमा जकडिएको समाजमा उहाँको जन्म भएको थियो ।
दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने ।
औपचारिक निर्वाह गर्दै आउने बानी परिसक्यो हामीलाई । खासगरी एउटा स्रष्टाको सम्बन्धमा अझ भनौं उसको निधनमा । फलानो स्रष्टाको निधन (कतिपयको त यति समाचारसम्म आउँदैन) शोक व्यक्त, श्रद्धाञ्जली व्यक्त जस्ता समाचार पढ्छौं, सुन्छौं ।
हिजो बन्द, भोलि पनि बन्द अनि आउँदो दिन पनि बन्द, त्यसपछि त कुन बेला बन्द हुने हो त्यो पनि टुङ्गो छैन । बन्द चर्चा र बन्दको भजन गाउँदै हामी गफिरहेका थियौँ भृकुटीमण्डप अघिल्तिर । बन्दै बन्दबीच बन्द नभएको दिनको मौका पारेर भेला गराएको थियो नेपाल लेखक सङ्घले ।
कुनै एउटा गाउँ थियो । त्यो गाउँ अत्यन्तै रमणीय थियो । त्यही गाउँको एउटा रमणिय वातावरणमा गरिब मानिसको घर थियो । आमा, बाबा पाँच छोरी र एउटा नाबालक सानो छोरोसहितको परिवार थियो ।