Skip to content

गोरखापत्र दैनिक (शनिबार)

न्हुःपुखु यसरी बन्यो रानीपोखरी

  • by

रत्नपार्कसँगै रहेको रानीपोखरी सबैले देखेका छन् । प्रतिवर्ष भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले त्यहाँभित्र रहेको मन्दिरमा गएर तेल हाल्ने चलन छ ।

मातृभाषाप्रतिको बहस

  • by

भाषाले एकअर्काको मनोभाव र आवश्यकतातर्फ सङ्केत गर्दछ । ध्वनि, शब्द र भावको सम्मिश्रणबाट भाषाको निर्माण हुन्छ । भाषाको प्रष्फुटन प्राणी जीवनमा जन्मदेखि नै उच्चारण हुन थाल्छ र विस्तारैबिस्तार विकासको उपयोगितामा परिवर्तित भई संसारसामु सुखद चिनारी बनाउन सफल सिद्ध हुन्छ ।

स्मारक नहोस् बरु स्मृति रहोस्

  • by

विलियम शेक्सपियरको जन्मथलो पुगेर गर्व गर्छौं हामी । प्रेमचन्दको गाउँ पुगेको अनुभूति पनि मजैले सुनाउँछौँ । देश विदेश घुम्दा स्रष्टाको जन्मथलो पुगेको संस्मरण सुनाएर रोमाञ्चित हुने हामीमध्ये धेरै कमले मात्र भानु जन्मथलोमा पाइला टेकेको अनुभूति रामेाञ्चक पाराले बताएका होलाउँ ।

बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य

  • by

यतिखेर नेपाली साहित्य आकाशमा सबैभन्दा बढी चर्चा आदिकवि भानुभक्त आचार्यकै छ । अहिले हामी आदिकविको सम्झना गरिरहेछौँ । हामी नेपाली !

उफ् ! सम्झँदै थकाइ लाग्छ

  • by

बल्खु खोलाको पुल रहेछ जीवन जसमा कहिले हलुका साइकल सवार हुन्छ त कहिले भारी सामान लादिएका ट्रकहरू गुड्छन् । बल्खुको पुललाई तीन दशकदेखि र जीवनरूपी खोलाको पुललाई पाँच दशकदेखि नियालिरहेकी छु ।

एकोहोरो धुनको त्याग

  • by

अनु. रामविक्रम सिजापति

चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।

अविस्मरणीय साँझ

  • by

“शुभ सन्ध्या,भद्र महिला आर भद्र लोक”, श्रुतिमधुर बाङ्लाभाषामा ओइक्को पब्लिकेशन्सका अध्यक्ष जाँगरिला युवा कवि सलाहुद्दीन खान कुटुले उपस्थित सम्पूर्ण अतिथिहरूको अभिवादन गरेर औपचारिक कार्यक्रमको सुरूवात गरे ।

नटाँगिएको चित्रकला

  • by

कलाकार कुलमानसिंह भण्डारीले जनआन्दोलनका विषयमा रचना गरी बनाएको चित्र (कला) प्रदर्शनीमा किन टाँगिएको थिएन ? अहिले पनि मेरा मनमा नबिर्सने छाप रहेको छ ।

मानवताका शायर फैज

  • by

फैज अहमद फैजको जन्म फरवरी ३, १९११ मा अविभाजित भारतको काला कादरे गाउँ सियालकोट (वर्तमान पाकिस्तानस्थित) मा सुल्तान मुहम्मद खानको घरमा भएको थियो ।

म पो मूर्ख रहेछु

  • by

जतिखेर संविधान सभाको चुनाव हुँदैथियो एउटा चिन्ताले ग्रस्त बनाएको थियो । चिन्ता के थियो भने हरेक जात, सम्प्रदाय, वर्ग तह, तप्का, व्यवसाय, पेशा, स्वजीवी, परजीवी आदिहरूले सभाको सदस्यमा उठ्न राजनीतिक पार्टीका तर्फबाट अवसर पाए कि पाएनन् ।

बिनावैशाखी उठेको मान्छे

  • by

दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने ।

कसरी बन्यो जैसीदेवल ?

  • by

जैसी देवलको इतिहास गोरखापत्रसँग पनि जोडिएको छ । जैसीदेवल सबैले देखेका छन् । काठमाडौँ मरूटोलबाट केही पर गएपछि जैसीदेल आउँछ । अग्लो हुनाले पनि त्यो प्रसिद्ध छ ।

लौरा-थरी थरीका

  • by

उहिलेको काठमाण्डू । त्यसमाथि मीन पचास अर्थात् माछालाईसुद्ध जाडो हुने पुस-माघका पचास दिन । बगेको ढुङ्गे धारो बिहानी ठिहीमा ट्याक्कै जम्थ्यो रे । जमेको धारो लौरो बन्थ्यो रे । त्यही लौरो टक्टक् टेकेर फट््फट् हिँड्थे रे मान्छे उहिले ।

भोजपुरी भाषाको अग्रज भिखारी ठाकुर

  • by

दक्षिणी नेपाल र उत्तरी भारतमा भाषा तथा साहित्यको क्षेत्रमा ठूलो सफलता पाउने भिखारी ठाकुर । अज्ञानता, अशिक्षा, सामाजिक कुरीति र अंधविश्वासको जञ्जीरमा जकडिएको समाजमा उहाँको जन्म भएको थियो ।

सुहागरातको समाप्ति

  • by

दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने ।

जेहोस् चुपचाप मन परायौं

  • by

औपचारिक निर्वाह गर्दै आउने बानी परिसक्यो हामीलाई । खासगरी एउटा स्रष्टाको सम्बन्धमा अझ भनौं उसको निधनमा । फलानो स्रष्टाको निधन (कतिपयको त यति समाचारसम्म आउँदैन) शोक व्यक्त, श्रद्धाञ्जली व्यक्त जस्ता समाचार पढ्छौं, सुन्छौं ।

पोखरामा सिर्जना पोखियो

  • by

हिजो बन्द, भोलि पनि बन्द अनि आउँदो दिन पनि बन्द, त्यसपछि त कुन बेला बन्द हुने हो त्यो पनि टुङ्गो छैन । बन्द चर्चा र बन्दको भजन गाउँदै हामी गफिरहेका थियौँ भृकुटीमण्डप अघिल्तिर । बन्दै बन्दबीच बन्द नभएको दिनको मौका पारेर भेला गराएको थियो नेपाल लेखक सङ्घले ।

गरिबको भाग्य

  • by

कुनै एउटा गाउँ थियो । त्यो गाउँ अत्यन्तै रमणीय थियो । त्यही गाउँको एउटा रमणिय वातावरणमा गरिब मानिसको घर थियो । आमा, बाबा पाँच छोरी र एउटा नाबालक सानो छोरोसहितको परिवार थियो ।

मात

  • by

राती निकै अबेर गरेर घर पस्यो ऊ । थकित … थकित … मस्तले निदायो । बिहान अलिक अबेलै उठ्यो । बाथरुम पस्यो । निर्वस्त्र भयो । नित्यकर्म सक्यो र भित्री कपडा लगायो ।