Skip to content


अनु. रामविक्रम सिजापति

चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।

चुङ्गको कथा सुनेर निओविरक्त हुने गर्दथ्यो । कहिलेकाहीं चुङ्गनिओलाई जबरजस्ती कथा सुनाउन बसाल्थे । उनी कथा सुनाउनमा यति लिन हुन्थे कि निओ बसेको ठाउँबाट कुलेलाम ठोक्दा पनि चाल पाउँदैनथे ।

‘अरू बच्चाहरू कथा सुन्न कति लालायित हुन्छन्, तर निओ किन टाढा-टाढा भाग्छ ? केमेरो कथाले विरक्तत्याउँछ ?’ चुङ्गले घरका सदस्यहरूसँग सोधे ।

“बिल्कुल होइन बाजे” निओको बजै, बाबु, आमा र दिदी सधैं यही जवाफ दिन्थे र चुङ्गको मन राख्दथे ।

यो जवाफ सुनेर चुङ्ग उनीहरूलाई पनि कथा सुनाउन सुरू गर्थे । यसरी हरेकले आफ्नो काम गर्दागर्दै पनि कथा सुन्दथे र नमज्जा मान्थे । घरका अरूहरूको टाउको दुखाइ भएमा निओलाई समातेर उनको अगाडि राखिदिन्थे । चुङ्गलाई त के थियो र कथा भनिरहन्थे, जो कोही बसेको भए पनि फरक पर्दैनथ्यो ।

एकदिन दिक्क भएर निओले आफ्नो बाजेसँग सम्झौता गर्‍यो, “हजुर बुबा म दिनहुँ तपाईंसँग एउटा कथा सुन्न आउँछु त्यसको साटो तपाईं मलाई खेल्न जान दिनुस् ।”

चुङ्गले शर्त माने । अब झन् निओ नराम्रो गरी फस्यो । चुङ्ग दुई तीन वटा कथालाई जोडजाड गरेर यस्तो परिस्थिति बनाइदिन्थे जसले गर्दा अँध्यारो हुन्जेलसम्म पनि कथा सिद्धिदैनथ्यो । निओको खेल्ने समय नै रहँदैनथ्यो ।

त्यो दिन पनि निओ चुङ्गलाई छकाएर बगैँचामा खेल्न आयो । त्यही बेला बू्रस नाम गरेको नयाँ केटासँग उसको भेट भयो । दुवैमा राम्रो सख्य भाव भयो । अब बू्रस पनि दिनहुँ खेल्न आउन लाग्यो । एकदिन बू्रसले निओसँग भन्यो, “तिमी अलि चाँडो खेल्न किन आउँदैनौ ? जहिले पनि अबेला आउँछौं ।”

“म चाँडै आउन चाहन्छु तर के गरूँ । हजुर बुबाले आफ्नो कथा नसुनाइकन आउनै दिनुहुन्न,” निओले भन्यो ।

“के साँच्चै । तिम्रो हजुरबुबा कथा भन्नुहुन्छ ? मेरो घरमा त कसैले पनि कथा भन्दैनन् । म कथा सुन्न बेचैन हुन्छु । त कसैलाई पनि समय नै हुँदैन ।” “अरे ! त्यसो भए तिमी मेरो हजुरबुबासँग कथा सुन्ने गर ।” “वाह ! मित्र ! तिमीले त मेरो मनको कुरा नै भन्यौ”

भोलिपल्टै निओले बू्रसलाई हजुरबुबासँग भेटायो -“हजुर बुबा ! यो मेरो नयाँ साथी बू्रसा यसलाई कथा सुन्ने शोख छ । अब दिनहुँ तपाईंसँग कथा सुन्न आउँछ । अब म खेल्न जाउँ ?” चुङ्गले निओलाई खेल्न जान दिए । बू्रसलाई बसाएर कथा सुनाउन थाले । “एउटा राजा थिए …. उनको एउटी राम्री राजकुमारी थिइन् … फेरि उनलाई दुष्ट जादूगरले लग्यो … राजकुमारले लामो यात्रा गरे … अनेक मुस्किल भयो … अनेक लडाइँ … आखिर जादूगरको किल्ला फेला पारे … लडाइँ भयो … सुगामा उसको प्राण … जादूगरको मृत्यु … राजकुमार र राजकुमारीको विवाह भयो, फेरि उनीहरू सुखपूर्वक रहन लागे ।”

चुङ्गले एउटा लामो कथा सिध्याए । उनको अनुहारमा सन्तुष्टि थियो । कथा सुनेर बू्रसले भन्यो -“के यसपछि फेरि कुनै दुष्ट जादूगरले राजकुमारीलाई भगाउने कोशिश गरेनन् ? या फेरि उनी राम्री रहिनन्, पैले जस्तै ?”

‘अरे, कसैले यस्तो गरे पनि हामीलाई लिन नदिनु ? यदि यस्तो भएपनि राजकुमार र बहादुर छँदै नि ! अब त उनले राजकुमारीलाई बिहे पनि गरिसके । उनको रक्षा गर्नु राजकुमारको कर्तव्य हो । फेरि पनि तिमीले राम्रो प्रश्न गर्‍यौ । थाहा छ, तिनै दिनमा यो इलाकामा एउटा दुष्ट तान्त्रिकको उन्नतिको दिनथियो ।”

“बढियाँ …!”

“हो ! सबै उसँग डराउँथे .. उसले निश्चय गर्‍यो कि सय राजकुमारीहरूलाई समात्ने .. फेरि पूजा गर्ने .. उसले राजकुमारीलाई पनि अपहरण गर्‍यो .. राजकुमारले वर्षौसम्म खोजी रहे … फेरि लामो लडाइँ … आखिर तान्त्रिकको मृत्यु…..दुवै सकुशल आफ्नो राज्यमा फर्के सुखपूर्वक रहन लागे ।”चुङ्गले एउटा फेरि लामो कथा जोडेर त्यही कथामा जोडेर सुनाए । उनी मनमनै केटालाई फसाएँ भनेर खुशी थिए ।

तर बू्रस त नयाँ नयाँ शङ्का खडा गर्नको लागि बिल्कुल तयार भएर बसेको थियो । तर राजकुमार आफ्नो राज्यबाट यतिका वर्ष टाढा भए । उनको मन्त्री आदि राज्य चलाउँथे । के तिनीहरू उपर कुनै दुःख कष्ट आएन ?” बू्रसले प्रश्न तेर्सायो ।

“अँ….हो….हो… किन आएन र त्यो यस्तो भयो कि … चुङ्गले लामो सास फेरेर लामो कथा जोडेर सुनाए । तर बू्रस भने हरेक कथा सकिएपछि नयाँ प्रश्न खडा गरेर उनलाई चुनौति दिन्थ्यो । आखिर चुङ्ग उसलाई कथा सुनाउँदा सुनाउँदा दिक्क भएर सास गति तीव्र हुन लाग्यो अनि भने “अब यसपछिको कथा म भोलि सुनाउँछु ।”

“होइन ! म भोलिसम्म कुर्न सक्तिन । तपाईं मलाई अहिले नै सुनाउनु सा” वर्षौको प्यासा ब्रुसले जिद्दी गर्‍यो ।

“लौ, लौ सुनाउँछु । मेरो घाँटी सुक्यो । भित्र गएर तीन/चार ग्लास पानी ल्याउ” चुङ्गले स्याँ स्याँ गर्दै भने ।

ब्रूसभित्र जानासाथ चुङ्गले ठाडो पुच्छर लगाए । बाटोमा भेट हुने हरेकलाई “निओलाई खोज्न जान लागेको” भन्दै आखिर त्यही बगैंचामा पुगे, जहाँ निओ खेलिरहेको थियो । चुङ्गलाई टाढैबाट आएको देखेर निओ एक ठाउँमा लुक्यो । सधैँको जस्तो कसैले उसको कान समातेर चुङ्गको जिम्मा लगाई दियो । नाति निओ नडराउ । म कथा सुनाउन आएको हैन । म तिमीलाई त के अब जिन्दगीमा कसैलाई पनि कथा सुनाउन्न । हेर ! बरू तिम्रो नयाँ मित्रबाट मलाई छुटकारा दिलाउ” चुङ्गले भने ।

चुङ्गको घाँटी सुकिसकेको थियो । उनी स्याँ स्याँ गरिरहेथे । निओले चुङ्गको शर्त मान्यो । फेरि कहिल्यै बू्रसको मुख चुङ्गलाई देखाएन । चुङ्गले पनि आफ्नो कथा सुनाउने एकोहोरो धुन हमेसाको लागि त्यागी दिए । अब निओले मात्र हैन उसको घरका सबैले पनि सुखको सास फेर्न पाए ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *