Skip to content

गोरखापत्र दैनिक (शनिबार)

किरात राईका मौलिक बाजाहरू

  • by

प्राचिन जाति किरात राईहरू आफ्ना सम्पूर्ण संस्कार मुन्दुमद्धारा निर्देशित हुन्छ । मुन्दुम शास्त्र सङ्गीतबद्ध रूपमा प्रयोग हुनका साथै कतिपय अवसरमा बाद्ययन्त्रहरूको पनि प्रयोग भएको पाईन्छ । त्यसैले किरात राईहरू गीत, सङ्गीत तथा नृत्यमा आफूलाई सीपयुक्त प्रस्तुत गराउँछन् ।

नेपाली पर्दामा बुद्ध

  • by

चलचित्र जगतमा धार्मिक भावनाले प्रेरित भइ चलचित्र बनाउने चलन नयाँ हैन । नेपालमा भने त्यस्ता उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा “पटाचारा” चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ ।

चुपचाप गृहत्याग गरेका थिएनन् बुद्धले

  • by

वैशाख शुक्लपूणिर्मा अर्थात् बुद्ध पूणिर्मा शान्तिकामी, मुक्तिकामी मानवमात्रका लागि करूणामय बुद्धलाई सम्झने, श्रद्धा गर्ने प्रज्ञा दिवस । प्राणी मात्रलाई दुःख, शोक, भय, अविद्या, तृष्णाबाट मुक्त पार्ने महामानव बुद्धपथबाट पाठ लिने अविस्मरणीय जागरण दिवस ।

कलमको स्वाभिमानी सिपाही

  • by

मल्लकालमा राजाको तान्त्रिकको रूपमा काठमाडौँ उपत्यका प्रवेश भएका हाम्रा पुर्खालाई पृथ्वीनारायण शाहले लखेटे । फेरि संवत १८४८ को नेपाल-भोट युद्धमा पराजय निश्चित भएपछि विद्यानन्द झाले धादिङको छत्रे देउरालीमा पुरश्चरण तपस्या बसेर तान्त्रिक विधिद्वारा भोट पराजित भएपछि हामीहरूको पुनर्स्थापना भएको थियो ।

नेपालमा शास्त्रीयसङ्गीत

  • by

शास्त्रीयसङ्गीत १३ औं शताब्दीदेखि मुसलमान र हिन्दु संस्कृतिको सम्मिश्रणबाट विकसित हँुदै आएको उत्तर-भारतीय शास्त्रीयसङ्गीत जसलाई ‘हिन्दुस्तानी शास्त्रीयसङ्गीत’ पनि भन्ने गरिन्छ । हिन्दुस्तानी शास्त्रीयसङ्गीत भन्नाले सितार, सरोद, हार्मनियम, तबला आदि जस्ता बाजाहरू ।

राडी, घ्याम्पो र ठेकी

  • by

झण्डै नब्बे वर्ष अगाडिको कुरा हो । वर्तमान तेह्रथुम जिल्लाको एउटा गाउँ, खान्दानी परिवार, शुद्ध पहाडी ढाँचाका दुईटा घर, तिनै घरको संयुक्त आँगनमा छोरीलाई मैतालु पठाउन आमाबा घरभित्र वा बाहिर निस्कन्छन् ।

मनको स्थान मनै

  • by

बिहान उठ्दा मेरो गुडिया रिसाएर अर्कोतिर फर्किदियो । म उसलाई फकाउनपट्ट िलागिनँ । म त हिजो राति तिमीसँग भएको कुरालाई पो केस्रा केस्रा गरी सम्झँदै थिए । कस्तो बिल्कुलै अनौठो अनुभूति दियौ तिमीले मलाई । कहिल्यै नपोखियोस भन्ने लागिरा’ छ ।

नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम

  • by

प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-“साहित्यलाई पनि आम उपभोग्यवस्तुजस्तै विज्ञापनमार्फत् बेच्न थालिएपछि साहित्यका उपभोक्ताहरू अन्यौलमा पर्न थालेका छन् ।”

साइबर-प्रेम

  • by

जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ ।

यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन ।

शशि भण्डारी लेकालीदेखि विचलनसम्म

  • by

यसपालिको फागुनले वैगुन गरेर गयो नेपाली साहित्यलाई । डायमनशम्सेर राणा, शशि भण्डारी, हृषीकेश उपाध्याय जस्ता स्रष्टालाई एकैपटक गुमाउनुपर्‍यो । उपन्यास लेखेर तयार पार्ने, ‘मेरो म’ नामक संस्मरणको कृति प्रकाशित गर्ने कृष्णप्रसाद भट्टराईसमेत यही फागुन महिनामै जानुभयो ।

नालामा लोकेश्वरजात्रा

  • by

काभ्रेको नालामा हरेक वर्ष मनाइने प्रसिद्ध सृष्टिकान्त लोकेश्वरजात्रा यसै साता सकिएको छ । त्यसो त यसै साता उपत्यकाका धेरै स्थानमा विभिन्न किसिमका जात्राहरू भव्य उत्सवका साथ सम्पन्न भएका छन् ।

पञ्चासेको सौन्दर्य

  • by

धौलागिरी अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको मध्यपहाडी जिल्ला पर्वतमा पर्यटकीय सम्भावनाका विविध आकर्षणहरू रहेका भए पनि आवश्यक पूर्वाधारको अभावमा पर्यटकीय गन्तव्यस्थलको रूपमा स्थापित हुन सकेका छैनन् ।

हिङको हरक

  • by

ऊ निरन्तर अगाडि हिँडिरहेको थियो । हिँड्नु उसको काम होइन तर हिँडेको चाहिँ कामको खोजीमा हो । यसरी भौँतारिएर हिँडेर मात्रै पार लाग्ने त केही होइन भन्ने पनि उसले बुझेको छ र यो सबै गरिबीको कारणले हो भन्ने पनि उसको मनमा उब्जेको छ ।

विवशता

  • by

‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो प्रेसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको छ रे …. ।

सिजो लेखनको अभ्यास

  • by

‘सिजो’ कोरियाली काव्य लेखनको एउटा शैली हो । कविताको जापानी शैली ‘हाइकु’ भएझँै कोरियामा धेरै वर्षअघिदेखि ‘सिजो’ लेखिँदै आएको रहेछ । धेरै वर्षको अर्थ करिब करिब ७०० वर्षअघिदेखि ।

जातीय कट्टरता एउटा दम्भ

“पुनमले विवाह गरिछिन्, हैन आन्टी ?” मैले यति मात्र सोधेकी थिएँ, आन्टीको अनुहारको रङ्ग एकाएक फेरियो ।

‘हो नै भन्नुपर्‍यो, हेर न, कति राम्रा राम्रा र उच्च पदका केटाहरू हेर्न आएका थिए, त्यसले बुद्धि बिगारी ।’ उनी उदास थिइन् ।

प्राचीन र ऐतिहासिक सांस्कृतिक पर्व ल्होछार/लोसार

  • by

नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यिनै संस्कृतिहरूमध्ये सिङ्गो हिमाली तथा पहाडी भू-भागको आदिवासी जनजाति समुदायको ऐतिहासिक र सबैभन्दा ठूलो पर्व या चाड ‘ल्होछार वा लोसार’ हो ।

यी छन् र त हामी बाँचेका छौँ

  • by

माघको अन्तिम हप्ता । मौसमविदहरूले पश्चिमी पहाडमा कतै कतै बादल लाग्न सक्छ भनेर तर्साएका थिए । उनीहरूको अनुमान गलत भएको कुरा धनगढीबाट काठमाडौँ जानका लागि जहाज उडेको केही बेरमै थाहा भयो । बादल कतै थिएन । जहाजको देव्रेतिर समथर मैदान, चुरे र महाभारत पर्वत अनि हिमाल सबै छ्याङ्गै देखिए । हिमालको तेर्साे शृङ्खलामा अपि र सैपाल सुदूर पश्चिममा थिए ।