Skip to content

निजी

गजल

टाढा हुँदा हुँदै पनि उनकै याद अाइरह्यो
उनकाे मुहार मेरो मनले मनैभित्र पाइरह्यो
मानौ मेराे मन एक कुल्कुलाउने खाेलो रैछ
उनी मेरो समुद्र हुन् उनै तिर धाइ रह्यो ।।

काग सधै कराएकाे किन होला रुख चढी
खसाए कि अाँसु थाेपा मेरो चिठी पढी पढी
अाउने बेला हाेला कैले म ता यसै सुकि सके
एकै पल पनि लाग्छ मलाइ अाज लामाे घडी ।।

उनलाइ पनि मेरै जस्तो पिरै पिर पर्दो होला
सम्झनाले मनै भित्र दुखै खुख गर्दो होला
कति होला पर्खिएर बस्नु मैले अाँखा तानी
अाँसु मात्र सुक्या हैनन् सुक्यो मानाै कोसी खोला ।।

मझेरीमा पुनः पोेस्ट गरिएको ।

२०४० सालतिर लेखेकाे मेरो लामाे कविताकाे अारम्भका केही पद्यहरु

खोलूँ कि मनका कुरा तिमीसँगै एकान्तमा गैकन
लेखूँ कि अनुहार हेरी कविता क्वै शिल्पी झैं भैकन
बोलूँ कि तिमीलाई भित्र मुटुको माया र चोखो प्रित
गाऊँ गोधुलीका अनेक अधुरा मेरै बितेका गित ।।

जान्थेें जङ्गल हेर्न गाई म कुनै ग्वाला सरी थें जब
उस्तै दौंतरी थे किशोर वयको केटै हुँदो हुँ तब ।
मेरा चञ्चलता अनेक थरी थे पाठै सरी खेल्दथें
प्यारो बालककालको क्षण थियो लाडे भई बोल्दथें ।।

आमाका मृदु काखको छुनमुने यौटा म नानी थिएँ
साथी दौंतरीका समाज बिचको अर्काे म साथी थिएँ
दाजैको प्रिय भाइ थें अनि थिएँ छोरो पिताको प्रिय
खेल्थें बालक कालका लहडिला खेलाहरु निर्भय ।

एक गीत

मुटुमै माया लुकाइ राखे‌ बेहोसै गरायाे
यो मेरो मुटु किन हो किन अाफ‌ैमा हरायाे
हजारौ खाेज्छन् चाेरेर लान साँझ र बिहान
सकिन्न होला यसलाइ फेरि लिएर अाउन ।

मलाई माया गर्छु भन्नेले…

मलाई माया गर्छु भन्नेले…..
मलाई माया गर्छु भन्नेले अर्कैसंग माया लाईछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
जीवनको गोरेटोमा संगै हिड्ने कसम खाएर
घाँस दाउरा मेलापातमा पिरतीको गीत गाएर
बिताएका पलहरुलाई खेलौना झैँ तिन्ले मानिछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
ठेसलागि लड्दा उनी हात समाई कति उठाएँ
उनकै लागि यो ज्यानले हत्केलामा ठेला फुटाएँ
भित्री मन्ले पुजा गर्दथिन् आज अर्कै देउता मानिछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
सौदावाजी हुन थाल्यो कि माया किन यति सस्तो भो
खै कसरी चित्त बुझाउँ सम्झदा नि कस्तोकस्तो भो
नबुझिने भाषा मायाको यसैलाई उन्ले छानिछन्

खोजेर अन्त कहाँ पाईन्छ?

गीत
खोजेर अन्त कहाँ पाईन्छ?
क्रान्तिले मात्र बन्दैन देश, देश बन्न शान्ति चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
द्वन्दको घाउ ताजै छ यहाँ, बिछोडिएका मनहरुमा।
आलै छ पीडा अङ्गभङ्ग भै ,बाँचिरहेका जनहरुमा।
हिंसाले मात्रै हुँदैन क्रान्ति ,क्रन्तिका निम्ति त्याग चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
बन्द हड्ताल तोडफोड मात्रै, लक्षमा पुग्ने आधार हैन ।
वार्ता र छलफल बाहेक अर्को, यो दुनियाँमा माध्यम छैन।
सिकेर पाठ इतिहासबाट ,अगाडि बढ्न हिम्मत चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
आओस चाँडै संविधान देशमा ,भावना सवको समेटेर त्यसमा।

भएँ भुतुक्कै

गीत
भएँ भुतुक्कै
तिम्रो रुप गुणले म त भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
जुन तारा टिपी ल्याउँने कसम खाँदिन
तिमीलाई छाडी अन्तै कतै जाँदिन
नयनको तिरले तिम्रो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
मनका कुरा खोल्नलाई गाँठो साह्रो भो
नखोलौँ त यो ज्यानलाई बाँच्नै गाह्रो भो
अधरको मुस्कान कस्तो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
बसन्तमा दिलको फूल फुलिदिए हुन्थ्यो
मेरा लागि तिम्रो मुहार खुली दिए हुन्थ्यो
लज्जालुपन बुझी तिम्रो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै

सकारात्मक सोच भए….

सकारात्मक सोच भए …….
कतै फुल्छ जीन्दगी यो काँडैकाँडामा
कतै फुल्छ जीन्दगी यो डाँडैडाँडामा।
जहाँ जता फुले पनि जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
अक्करिलो भिरमा पनि फुलेकै छ फूल
चट्टानको शिरमा पनि फुटेकै छ मूल।
फूल्मा होस् या मूलमा होस् जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
मरुभूमि भित्र पनि रसाउँछ पानी
महासागर भित्र पनि हुन्छ जीन्दगानी।
दुख सुख आँसु हाँसो जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
देवीचरण भण्डारी

मेरो देश हो नेपाल

‘मेरो देश हो नेपाल’

मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली

नशानशा भित्र बग्छ रगत सधैँ रातो
मेरा प्रत्येक् धुक्धुकीमा नेपालकै तातो
मलाई मेरै नेपालको प्यारो लाग्छ माटो
सबै मिली बनाउनुछ हामी हिड्ने बाटो

मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली

हिमाल पहाड तराई मधेश जहाँ बसे पनि
मेची काली सोलु जुम्ला जहाँ रहे पनि
नेपालकै भूभाग हो समान गरौँ माया
सन्सारकै छानो हाम्रो दिउँ शितल छाया

मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली

मेची क्याम्पस भद्रपुरकाे सूचना

मेची बहुमुखी क्याम्पस भद्रपुर
स्वर्ण महोत्सव वर्ष
२०७०–२०७१
का कार्यक्रमहरु
२०७० असोज १२ गतेदेखि ०७१ असोज १२ गतेसम्मको एक वर्से अवधि मेची बहुमुखी क्याम्पस भद्रपुरको स्थापनाको पचास वर्षको अवधि भएकोले यस अवधिभित्र क्याम्पसले ५०१ जना महानुभावहरुको एक मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपले स्वर्णवर्ष महोत्सव मनाइरहेको छ । आयोजित र आजोजना हुन लागिरहेका कार्यक्रमरुको विवरण ः
१. निर्माण सम्बन्धी ः –
(क) स्वर्णमहोत्सव स्तम्भ (क्याम्पस परिसरभित्रै निर्माणाधीन)
(ख) सहिद राम थापा उद्यान (क्याम्पस परिसरभित्रै निर्माणाधीन)

जान्ने कसरी?

गीत

जान्ने कसरी …?

तिम्रो मनमा के चल्याछ जान्ने कसरी ?
तिम्ले मलाई माया गर्छ्यौ ठान्ने कसरी ?

भेट हुँदा लजाएर बोल्दै नबोल्ने
मनको गाँठो फुकाएर खोल्दै नखोल्ने
भित्र भित्रै रोज्यौ मलाई मान्ने कसरी ?
तिम्रो मनमा के चल्याछ जान्ने कसरी ?

सीधा आँखा पारी मलाई हेर्दै नहेर्ने
थाहा पाउला कि भनि स्वाश फेर्दै नफेर्ने
छाती भित्र लुकाई राख्या ठान्ने कसरी?
तिम्रो मनमा के चल्याछ जान्ने कसरी?

लेखेँउनी माथि

लेखेँ उनी माथि….

बेदनाले भरिएको देखेँ उनको छाती
त्यै भएर गीत यौटा लेखेँ उनी माथी।

जीन्दगी हो घाम छाया दुख-सुख आउँछ
कैले आकाश सफा हुन्छ कैले बादल छाउँछ।
अँध्यारो र उज्यालोकै बीच बाँच्नु पर्छ
मुटु माथि ढुङ्गा राखी पनि हाँस्नु पर्छ।

रात मात्रै हुन्न सधैँ उज्यालो नि झर्छ
त्यो उज्यालो मुर्झाएर फेरी रात पर्छ।
दिन-रात्कै बीच हाम्रो जीवन चल्ने गर्छ
बिना बादल आकाशमा पानी कहाँ पर्छ?।

कैले झरी कैले हुरी कैले गर्मी जाडो
समयको रीत हो यो मान्नु हुन्न गारो।
सम्झौता हो जीन्दगी यो गर्दै जानु पर्छ
जस्तो आउँछ परिस्थिति चल्दै जानु पर्छ।

नेता न दुखे हुन्छ

कविता

नेता न दुखे हुन्छ

दुखेर देश के भो नेता नदुखे हुन्छ
नदी सुकेर के भो नेता नसुके हुन्छ
लडेर देश के भो नेता उभिए पुग्छ
झुकेर देश के भो नेता चुलिए पुग्छ

यस्तै छ देश हाम्रो नेता यिनै हुन् हाम्रा
प्राडो-पजेरो चढ्छन् छन् यी चिल्ला र राम्रा
तारे होटेल र रिसोर्ट भोजन रोजाई यिनका
रित्तिन्छ धन देशको फुपुको श्राद्ध तिनका

चिल्ला र चिप्ला गर्छन् कुरा असाध्य मीठा
मन्त्रमुग्ध छन् जनता सुनेर कुरा यिनका
अभिसाप लाग्न थाल्यो नेता मलाई आज
लिदा नि नाम यिनको लाग्छ मलाई लाज

गाउँ बस्तीको गीत

गीत

गाउँ बस्तीको गीत

गाउँबस्ती झुपडीको उस्तै देख्छु ब्यथा
परिवर्तन छैन केही उही पुरानै कथा

भोक उही शोक उही रोग नया नया
हाँसो खुशी मनोरंजन छैन जीवनमा

बदलियो भन्थे परिवेश यथास्थिति पनि
उस्तै देख्छु फरक मैंले पाइन कतै पनि

झुपडी झन् जीर्ण बन्दै गैराछ दिनदिन
एठन हुन्छ अभावले तिनलाई छिन्छिन्

तिनका निम्ति बोली दिने छैन कोही पनि
आफ्नै मात्र स्वार्थ बोल्छन् अविवेकी बनि

यो पाराले हुन्न अब ब्युँझ गाउँबस्ती
कहिलेसम्म सही बस्छौ सधैं दुखसास्ती

तिमीले पनि अरु समान बाँच्न पाउनु पर्छ
अरु समान अघि बढ्दै हाँस्न

आज अनायसै

पुरानो सम्झना

घुम्टो ओडी सजिएर बेहुली भाको दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

बेहुलो बनि गम्कियेर तिम्रो छेउ बस्दा
एकै चोटी दुनियाको नजर आई खस्दा
रातो पिरो तीतो टर्रो सबै भाको दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

त्यो क्षणको रुप तिम्रो अनि माधुर्यता
अहा कति सुखद थियो तिम्रो समिपता
दुवै मिली मण्डपमा हामी घुम्या दिन
चोरी दाउले तिमीलाई हेर्थें छिन छिन

अन्माएर तिमीलाई रात साँझ गरी
ल्याउँदा पनि तिमीलाई हेर्थें घरी घरी
थाहै नपाई तेईस बर्ष पुरा भए दिन
चोरी दाउले अझै पनि हेर्छु छिन छिन

देवीचरण भण्डारी “सरोज”

नया बर्षको शुभकामना

“नया बर्षको शुभकामना”

पखाली धमिलो दाग धर्ती बनोस हराभरा
उब्जिउन अन्न र बाली लटरम्म गरा गरा
फुलुन बेली र चमेली छर्दै सुवास वागमा
पुगोस खान सबैलाई मीठो मसिनो भागमा

नहुन् कोही दुखी रोगी नहोस हिँसा कतै पनि
बसौं सबै मिलीजुली शान्त सुन्दर सुखी बनि
समता साथ ममता जागोस भन्ने छ चाहना
अरु के सक्छु र दिन दिएँ यही शुभकामना
·

आयो तिहार

कविता

“तिहार”

आयो तिहार
हाम्रो तिहार
एक आपसमा
लाउँदै पियार

देउसी र भैलो
मादलको ताल
कतै भेटिन्छ
जुवाको खाल

छमछमी नाचतै
देउसीरे खेल्दै
आफ्नो संस्कृति
जोगाऔं भन्दै

गाउँ र शहर
टोलटोल भित्र
गाना बजाना
भाका बिचित्र

कतै छन् बालक
कतै छन् युवा
कतै छन् काका
कतै हजुरबा

हाम्रो संस्कृति
हाम्रो सभ्यता
पहिचान हाम्रो
हाम्रो शिष्टता

हैसियत आफ्नो
हेरी मनाउँ
बिकृति विसंगति
सब घटाऔं

नखेलौं जुवा
नखेलौं तास
छोरा-छोरीको
काटेर गाँस

सुसभ्य संस्कार
देखाऔं नढाटी
चाडबाड मनऔं
छामेर घाँटी

आयो तिहार
हाम्रो तिहार
सबैले भनौं

उमेरले नेटो काट्यो

कविता

“उमेरले नेटो काट्यो ”

उमेरले नेटो काट्यो पाक्न थाले केश
घर आँगन हुने भयो भोलि परदेश |
छोरा-छोरी लाखा-पाखा आफ्ना-आफ्नै धन्दा
पानी दिने हुन्नन् भोलि हुँदा आँखा बन्द ||

उमेर छँदा भविष्यको गरिएन चिन्ता
बल बर्कत बैंश थियो लाग्थ्यो यस्तै पुग्छ |
बृद्ध रोगी असक्तलाई वास्तै गरिएन
आफ्नैं माता-पितालाई खुशी छरिएन ||

न त सुनियो श्रीमतीको ध्यान दिई कुरा
कहाँ भैयो र छोई सक्नु भैयो लाग्ने छुरा |
न सघाइयो काम-धन्दा न बाँडियो माया
डराउँथे छोरा-छोरी पर्दा आफ्नो छाया ||

समाजमा एकलकांटेअसामाजिक भैयो
नकसैको मलामी नैं न त जन्ती गैयो |
जागिरे भै ठूलो धाक लाईयो उति बेला

लेख्ने कुरा कति छन्

कविता

“लेख्ने कुरा कति छन् ”

कति कति लेख्ने कुरा कति छन्
नभबिच ताराहरु जति छन् |
छताछुल्ल बेथितिहरू कति छन्
यो धर्तिमा प्राणीहरु जति छन् |

जतासुकै बेथितिको छ खेती
हत्या भयो थितिको घाँटी रेटी |
बढ्दो असन्तोष छ गाँउ घर्मा
खस्किरहेछ किन आज धर्म |

ठूलो र सानोको लडाई जारी
बांझियो त्यो उर्बर खेत बारी |
अकालमा काल पल्किरहे छ
विनाशको स्याल सल्किरहे छ |

शक्ति र सामर्थ्यको होडबाजी
ठान्छन् अरुलाई निरीह पाजी |
यौटा उचालेर अर्को पछार्ने
जानी-बुझी दृष्टी अन्तै बटार्ने |

कस्तो हुने हो अब आउँदा दिन्
वृद्धि हुने छाँट छ मृत्यु छिन् छिन् |
गोला र बारुद धुँवा कति कति|

मन

कविता

मन

नदुखौं भन्छ मनले तथापि दुख्छ झन् बढी
नकुदौं भन्छ मनले तथापि कुद्छ झन् बढी
कस्तो यो मन हो आफ्नैं बसमा छैन एक्छिन
यता सम्झ्यो उता भाग्छ भागिरन्छ यो छिन्छिन

कैले आँफै खुशी हुन्छ भित्रभित्रै यो गद् गद
कैले पाक्तछ पीडाले भित्रभित्रै यो भत्भत
अभिमान्को शिखर चढ्छ छिन् भर्मै टेक्छ टाकुरा
के-के न गरें यो ठान्छ बजारी आफ्नैं पाखुरा

कैले स्वर्ग पुगें ठान्छ कैले पाताल झर्दछ
भित्र-भित्रै गुम्सिएर कैले अकाल मर्दछ
दिउँसै देख्छ सपना नसुती कैले यो मन
सुतेर पनि देख्तैन सपना कैले यो किन ?

नदेखिन्छ नछेकिन्छ बेगले चल्छ यो मन
बोकी जलन छातीमा दन्दनी बल्छ यो मन

नलेखौं भन्छु

गीत

“नलेखूँ भन्छु ….”

नलेखूँ भन्छु लेख्न मन लाग्छ गरिब रोएको
नसकी खप्न मनको पीडा आँशुले धोएको |
अभागी रैछ तिनको कर्म सधैँको अभाव
बग्दो छ उल्टो शृष्टिको चक्र नदीको बहाव ||

रोप्तछन् श्रम बग्छ पसिना धर्तिको माटोमा
दुखमै बित्छ जीवन तिनको के पाए साटोमा |
टेकेर छाती तिनै दुखीको कोइ चढ्छन् टाकुरा
टाकुरा चढी बुन्दछन् जाल बनेर माकुरा ||

धौ-धौ छ सधैँ दुई छाक खान गरिबको झुपडी
कसैलाई भने मोज र मस्ती सम्पति थुपारी |
नगरी कर्म डोकामा दुध तिनले दोएनन्
गरिब छु भनि कसैको धन सितैमा छोएनन्||

धनका गरिब मनका धनि तिमीलाई सलाम
तिम्रो पक्षमा डटेर हर्दम चलाउँछु कलम|