Skip to content

खोजेर अन्त कहाँ पाईन्छ?

गीत
खोजेर अन्त कहाँ पाईन्छ?
क्रान्तिले मात्र बन्दैन देश, देश बन्न शान्ति चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
द्वन्दको घाउ ताजै छ यहाँ, बिछोडिएका मनहरुमा।
आलै छ पीडा अङ्गभङ्ग भै ,बाँचिरहेका जनहरुमा।
हिंसाले मात्रै हुँदैन क्रान्ति ,क्रन्तिका निम्ति त्याग चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
बन्द हड्ताल तोडफोड मात्रै, लक्षमा पुग्ने आधार हैन ।
वार्ता र छलफल बाहेक अर्को, यो दुनियाँमा माध्यम छैन।
सिकेर पाठ इतिहासबाट ,अगाडि बढ्न हिम्मत चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
आओस चाँडै संविधान देशमा ,भावना सवको समेटेर त्यसमा।
अखण्ड यो राष्ट्र खण्डित होला, विवेक पुगोस् सोचेर यसमा।
संघीय गणतन्त्र नेपाल भन्दै, सबैले गाउने भाका चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *