गीत
जान्ने कसरी …?
तिम्रो मनमा के चल्याछ जान्ने कसरी ?
तिम्ले मलाई माया गर्छ्यौ ठान्ने कसरी ?
भेट हुँदा लजाएर बोल्दै नबोल्ने
मनको गाँठो फुकाएर खोल्दै नखोल्ने
भित्र भित्रै रोज्यौ मलाई मान्ने कसरी ?
तिम्रो मनमा के चल्याछ जान्ने कसरी ?
सीधा आँखा पारी मलाई हेर्दै नहेर्ने
थाहा पाउला कि भनि स्वाश फेर्दै नफेर्ने
छाती भित्र लुकाई राख्या ठान्ने कसरी?
तिम्रो मनमा के चल्याछ जान्ने कसरी?
