Skip to content

गीत
भएँ भुतुक्कै
तिम्रो रुप गुणले म त भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
जुन तारा टिपी ल्याउँने कसम खाँदिन
तिमीलाई छाडी अन्तै कतै जाँदिन
नयनको तिरले तिम्रो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
मनका कुरा खोल्नलाई गाँठो साह्रो भो
नखोलौँ त यो ज्यानलाई बाँच्नै गाह्रो भो
अधरको मुस्कान कस्तो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
बसन्तमा दिलको फूल फुलिदिए हुन्थ्यो
मेरा लागि तिम्रो मुहार खुली दिए हुन्थ्यो
लज्जालुपन बुझी तिम्रो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै

Leave a Reply

Your email address will not be published. Required fields are marked *