‘मेरो देश हो नेपाल’
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
नशानशा भित्र बग्छ रगत सधैँ रातो
मेरा प्रत्येक् धुक्धुकीमा नेपालकै तातो
मलाई मेरै नेपालको प्यारो लाग्छ माटो
सबै मिली बनाउनुछ हामी हिड्ने बाटो
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
हिमाल पहाड तराई मधेश जहाँ बसे पनि
मेची काली सोलु जुम्ला जहाँ रहे पनि
नेपालकै भूभाग हो समान गरौँ माया
सन्सारकै छानो हाम्रो दिउँ शितल छाया
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
