Skip to content

लेखेँ उनी माथि….

बेदनाले भरिएको देखेँ उनको छाती
त्यै भएर गीत यौटा लेखेँ उनी माथी।

जीन्दगी हो घाम छाया दुख-सुख आउँछ
कैले आकाश सफा हुन्छ कैले बादल छाउँछ।
अँध्यारो र उज्यालोकै बीच बाँच्नु पर्छ
मुटु माथि ढुङ्गा राखी पनि हाँस्नु पर्छ।

रात मात्रै हुन्न सधैँ उज्यालो नि झर्छ
त्यो उज्यालो मुर्झाएर फेरी रात पर्छ।
दिन-रात्कै बीच हाम्रो जीवन चल्ने गर्छ
बिना बादल आकाशमा पानी कहाँ पर्छ?।

कैले झरी कैले हुरी कैले गर्मी जाडो
समयको रीत हो यो मान्नु हुन्न गारो।
सम्झौता हो जीन्दगी यो गर्दै जानु पर्छ
जस्तो आउँछ परिस्थिति चल्दै जानु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *