Skip to content

कविता

“तिहार”

आयो तिहार
हाम्रो तिहार
एक आपसमा
लाउँदै पियार

देउसी र भैलो
मादलको ताल
कतै भेटिन्छ
जुवाको खाल

छमछमी नाचतै
देउसीरे खेल्दै
आफ्नो संस्कृति
जोगाऔं भन्दै

गाउँ र शहर
टोलटोल भित्र
गाना बजाना
भाका बिचित्र

कतै छन् बालक
कतै छन् युवा
कतै छन् काका
कतै हजुरबा

हाम्रो संस्कृति
हाम्रो सभ्यता
पहिचान हाम्रो
हाम्रो शिष्टता

हैसियत आफ्नो
हेरी मनाउँ
बिकृति विसंगति
सब घटाऔं

नखेलौं जुवा
नखेलौं तास
छोरा-छोरीको
काटेर गाँस

सुसभ्य संस्कार
देखाऔं नढाटी
चाडबाड मनऔं
छामेर घाँटी

आयो तिहार
हाम्रो तिहार
सबैले भनौं
राम्रो तिहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *