तराईमा दुखिरहेछ नेपाल ,
हिमालमा सुकीरहेछ नेपाल ,
अनि रोग , भोक ,र शोकले छटपटाई रहेछ मोफसलमा नेपाल ।
तर
त्यही माटो समाएर कसम खाई ,
नयाँ नेपाल बनाऊन आएका ति नेताका लागी
अटेस मटेस हुने गरि ५तारेका ८४ ब्यञ्जनमा रमाई रहेछ नेपाल ।
सायद
तीनका लागि नयाँँनेपाल कान्तीपुरका तारे होटल रहेछन् ,
तीनका लागि नयाँनेपाल , गगन चुम्बि महल र महँगा गाडी रहेछन् ।
अनि तीन् लाई के थाहा कहाँ कहाँ दुखिलहेछ नेपाल ।
तराईका लमतन्न सिमाहरूमा दुखिरहेछ नेपाल
हिमालका पनीढलोहरूमा दुखिरहेछ नेपाल
पहाडका झरनाहरूमा रोहिरहेछ नेपाल
त्यही पानी समाएर कसम खाई नयाँ नेपाल बनाउन तम्सिएकाहरूलाई के थाह
पहाडका पाटन पाटनहरूमा दुखि रहेको नेपाल
मेरी आमाको फाटेको चोलीले बताईरहेको नेपाल
मेरा बुवाको कन्सिरीबाट चुहिएको पसिनाबाट सिंचित भएको नेपाल
खै त खै हे नयाँ नेपालका पण्डीत जी हरू कहाँ छ खै नयाँ नेपाल ?
कतै तिम्रा पजेरोहरू ले त थिचेन मेरो नेपाल ?
कतै तिम्रा पाखण्डी राजनैतिक बादहरूमा त रूमलिएन मेरो नेपाल ?
अनि कतै तिम्रा फोस्रा आडम्बरहरूमा त मिचएन मेरो देश नेपाल ?
तिमिहरू लाई चुनौति छ सकुसल नै मेरो देश फर्काई देओ
नत्र , तिमिहरू न नेपली रहन्छौ , न रहन्छ यो मेरो प्यारो देश नेपाल ।
