गाउँथ्यौ तिमी गित यो, रत्न वाग चहारी ।
तरेली केश मेघका , स्निग्ध सौम्य छहारी ।।
उदित चन्द्र मण्डली , मुहारमा छ मन्जरी ।
सरस क्वैली स्वरमा , अलाप तिम्रो माधुरी ।।
निस्वर्थ साथ संगति , अमोघ मित्र मन्जरी ।
तनका साथ नबसी , मनका साथ हर घरी ।।
निस्वर्थ भाव.मा भूलि , दियौ साथ सँधै तिमि ।
हुलमा राख्दथ्यौ जगा , सम्झेर साथ आफ्नो नी ।।
धप धप धप धप , उज्वल तिम्रो मुहार को ।
सलल्ल सल्ल सल्लली , उमंग तिम्रो जुहारको ।।
प्रभातको लाली.मा सँगै , सानिध्य तिम्रो सहासको ।
भूलेर भूल्न सक्दिन , सहयोग तिम्रो जोस को ।।
गोधुलीको सौन्दर्यमा , साथ तम्रो खोज्दथेँ ।
सयौं मनको जंघारमा , तिमीलाई नै रोज्दथें ॥
बिलोप लोक लोकमा , कतागयौ तिमी आज ।
धिप धिप दीप लिई , दीपीत हुन्नौ तिमी आज ॥
कपिल
