Skip to content

ईन्द्रिय जित्ने जितेन्द्र भएँ म

ईन्द्रीय जित्ने जितेन्द्र भएँ म ।
सरकारी चोरको पहरेदार भएँ म ।।
सुन्दर गाउँको भट्कीलो ठिटो ,
जमानाको चारखाल बासी भएँ म ।।

आराध्य देवको घण्ट नाद सुनेर
माथा टेकाउने भक्त जो भएँ म ।।

कानुनी राज त्येती खेर हुन्थ्यो
राजा प्रजाका जति खेर हुन्थ्यो ।।
वकालतको मोहले वकिल भएँ म ,
सरकारी चोरको पहरेदार भएँ म ।।

समयको भेलले कता पु¥यायो
जँघार तारी किनारा चिनायो ।।
साथी फेरिए जमाना फेरीयो
समाज फेरिएर अवाक भएँ म ,
सरकारी चोरको पहरेदार भएँ म ।।

उताड चढावको जिवन सुरु भो
बचेडाहरु को खलवल सुरु भो
खलवल भित्र आफैं भुलें म ,
सरकारी चोरको पहरेदार भएँ म ।।

कानुन कता छ खेज्दैछु आज
हुकुमी शासन रोज्दैछु आज
ब्यक्तिको आदेशले मर्माहत भएँ म
सरकारी चोरको पहरेदार भएँ म ।।

कानुनी राज कायम गराउँला
समाजको आहतमा मलम लगाउँला
सबैको बिश्वास भरोसा भएँ म
इन्द्रीय जित्ने जितेन्द्र भएँ म ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *