Skip to content

हरि मोहनको डायरीबाट

स्पर्शले बताउँछ कि नियत कस्तो हो ?
ठक्करले बताउँछ कि ध्यान कस्तो हो ?
आँसुले बताउँछ कि पीडा कस्तो हो ?

बहसले बताउँछ कि ज्ञान कस्तो हो ?
नजरले बताउँछ कि अनुहार कस्तो हो ?
समयले बताउँछ कि सम्बन्ध कस्तो हो ?
घमण्डले बताउँछ कि पैसा कस्तो हो ?
संस्कारले बताउँछ कि परिवार कस्तो हो ?

त्यसैले त

गुण नभए रुप व्यर्थ हुन्छ
विनम्रता नभए विद्या व्यर्थ हुन्छ
उपयोग नभए धन व्यर्थ हुन्छ
साहस नभए हतियार व्यर्थ हुन्छ
भोक नभए भोजन व्यर्थ हुन्छ
होश नभए जोश व्यर्थ हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *